अष्ट्रेलियामा रहेका नेपाली भन्छन्ः यसपाली दसैं, तिहार ढिला भएको पनि ठिकै भयो

सिड्नी । यस वर्षको दसैं, तिहार तथा छठ पर्व ढिला हुँदा अष्ट्रेलियामा रहेका नेपालीहरु खुसी छन् । कोरोनाभाइरस (कोभिड– १९)को संक्रमणदर हरेक राज्यले लगभग नियन्त्रणमा लिएको साथै हिन्दुहरुको ठूलो चाडपर्व पनि ढिलो सुरु हुन लाग्दा नेपालीहरु खुसी भएका हुन् ।

 

कोरोना लगभग नियन्त्रणमा आएसँगै दसैंमा अष्ट्रेलियामा रहेका आफन्तजन तथा साथीभाईहरुसँग भेट गर्न पाइने भन्दै विगत ५ वर्षदेखि सिड्नी बस्दै आएका विजय पौडेलले खुसी व्यक्त गरे । उनीमात्रै होइन चाडपर्व केही खुलेर मनाउन पाउने भन्दै अष्ट्रेलियामा रहेका धेरै नेपालीहरु दंग छन् । नेपालमा कोरोनाभाइरसको संक्रमण दैनिक रुपमा २ हजारभन्दा बढीमा देखिन थालेको अवस्थामा स्वास्थ्य मन्त्रालयले हालकै स्थानमा चाडपर्व मनाउन सुझाव दिएको छ । अष्ट्रेलियाको अवस्था सामान्य बन्ने क्रममा रहेको हुँदा यहाँ रहेका नेपालीहरु खुसी भएका हुन् । तर, स्वास्थ्य सेवाको पहुँच त्यति प्रभावकारी नभएको नेपालको भने उनीहरुको चिन्ता उत्तिकै छ ।

 

त्यस्तै, लामो समयदेखि मेलवर्नमा बस्दै आएका निराजन गौली फेसबुकमा लेख्छन्, ‘यसपटक दसैं पछाडि सरेको ठिकै भयो जस्तो छ है यता हामीलाई । दसैं सम्ममा थोरै भएपनि जम्मा भएर मनाउन पाईन्छ की जस्तो छ आज पनि ८ जनामानै सिमीत भयो कोरोना संक्रमण ।’

 

अष्ट्रेलियाको स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार हालसम्म जम्मा २७ हजार १३६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ८९४ जनाको मृत्यु भएको छ । जसमध्ये २४ हजार ७२५ जना संक्रमणमुक्त भएका छन् । 

 

आइतबारसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी प्रभावित राज्य भिक्टोरिया हो । भिक्टोरियामा २० हजार २०९ जनामा संक्रमण पुष्टि भएको छ । भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टामा जम्मा ९ जनामा संक्रमण पुष्टि भएको छ ।

 

त्यस्तै, पछिल्लो १० दिनयता न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यमा समुदायस्तरमा कोरोना संक्रमित भेटिएका छैनन् । त्यस्तै, पछिल्लो २४ घण्टामा एनएसडब्लुमा जम्मा १ जना संक्रमित भेटिएका छन् । जम्मा ४ हजार ७८९ परीक्षण हुँदा उक्त व्यक्ति होटल क्वारेन्टिनबाट भेटिएका हुन् ।

 

अष्ट्रेलियामा अझै पनि दैनिक २६ हजारको हाराहारीमा परीक्षण भइरहेको छ । सोही कारण अष्ट्रेलियाले कोरोना नियन्त्रणमा लिएको छ । फलस्वरुप त्यहाँको आर्थिक गतिविधिहरु क्रमशः चलायमान बन्दै गएका छन् । आर्थिक गतिविधिहरु चलायमान बन्दा रोजगारी गुमाएकाहरु काममा फर्कन थालेका छन् । केही समयअघि रोजगारी गुमाएकाहरुले विस्तारै काम पनि पाउँदै गर्दा चाडपर्वको समयमा नेपालीहरु आर्थिक रुपले केही सक्षमा पनि भएका छन् ।

 

यस पटकको दसैं कार्तिक १ गतेबाट सुरु हुनेछ । १ गते घटस्थापना रहेको छ भने १० गते विजयादशमी रहेको छ । २८ गते कागतिहार, २९ गते कुकुर तिहार/लक्ष्मीपुजा, ३० गते गोरुतिहार तथा मंसिर १ गते भाइटिका रहेको छ । त्यस्तै, ५ गते छठ पर्व रहेको छ । 

 

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेहुली बन्दा कस्ती देखिइन् काजल अग्रवाल ? (तस्बिरहरु)

  • 7 minutes ago
बेहुली बन्दा कस्ती देखिइन् काजल अग्रवाल ? (तस्बिरहरु)

एजेन्सी । दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री काजल अग्रवालले गौतम किचलुसँग विवाह गरेकी छन् । उनले विवाहका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरेकी छन् । उनले मुम्बईमा सानो परिवारको झमघटमा विवाह गरेकी

‘सरकार निजी क्षेत्रलाई दुःख दिने, अल्झाउने, हतोत्साहित बनाउने पक्षमा छैन’

  • 14 minutes ago
‘सरकार निजी क्षेत्रलाई दुःख दिने, अल्झाउने, हतोत्साहित बनाउने पक्षमा छैन’

चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो ।

सफल हुन नदिने मानिसका यी दुई खराब बानी

  • 18 minutes ago
सफल हुन नदिने मानिसका यी दुई खराब बानी

एजेन्सी । अर्थशास्त्री र नीति शास्त्तका महान ज्ञानी आचार्य चाणक्यले केही यस्ता व्यवहारिक कुराहरु गरेका छन् जसले मानव जीवनमा सफलता दिन बताइन्छ । चाणक्यका अनुसार जब कोही व्यक्ति गलत बाटोमा निकिस्छ तब उब



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

सफल हुन नदिने मानिसका यी दुई खराब बानी

सफल हुन नदिने मानिसका यी दुई खराब बानी

एजेन्सी । अर्थशास्त्री र नीति शास्त्तका महान ज्ञानी आचार्य चाणक्यले केही यस्ता व्यवहारिक कुराहरु गरेका छन् जसले मानव जीवनमा सफलता दिन बताइन्छ । चाणक्यका अनुसार जब कोही व्यक्ति गलत बाटोमा निकिस्छ तब उबाट सफलता पनि परपर भाग्छ ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।