अष्ट्रेलियामा नेपालीले नेपालीलाई नै यसरी ठग्न थालेपछि...
- नेपालीपत्र
- आइतबार, २९ मंसिर, २०७६
- 2 years ago
- अष्ट्रेलिया

सिड्नी । पछिल्लो समय नेपाली विद्यार्थीहरुको उच्च शिक्षाको प्रमुख गन्तव्य अष्ट्रेलिया रहेको छ । वर्षेनी हजारौँ विद्यार्थीहरु अष्ट्रेलिया अध्ययनका लागि आउने गरेका छन् । तर, अध्यायन गर्न आएका विद्यार्थीहरु घरबेटीबाट शोषित बनेको एक रिपोर्ट प्रकाशित भएको छ । घर भाडाको बारेमा फितलो अनुगमन हुँदा अन्तर्राष्ट्रिय विद्यार्थीहरु निरन्तर रुपमा ठगीमा परेको अध्यायनले देखाएको हो ।
न्यु साउथ वेल्स विश्वविद्यालय र सिड्नी विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले अष्ट्रेलियामा बसोबास गरिरहेका करिब २४ सय विद्यार्थीहरुमाझ अनुसन्धान गर्दा घरबेटीहरुले शोषण गरिरहेको तथ्य बाहिर आएको हो । घरपेटीहरुले परीक्षाको समयमा घर भाडा बढाउने, हुँदै नभएको आवासका लागि भाडा मागेर झुक्याउने, घरमा बस्दा पनि डरै डरको बिच बस्नुपर्ने, अन्यायपूर्ण गरिकाले घरपेटी निकाल्ने गरेको अनुभव ती विद्यार्थीहरुले गरेको रिपोर्टमा उल्लेख छ ।
यसको प्रमुख कारण बजारमा हुनुपर्ने अनुगमन फितलो रुपमा हुनु रहेको देखाइएको छ ।
विद्यार्थीहरुले समस्या समाधानको लागि ठग्ने घरबेटीहरू माथि कडाइ गरिनुपर्ने आह्वान गरेका छन् । साथै घरबेटीहरूलाई जबाफदेही बनाउन अझ बढी सरकारी अनुसन्धान र कार्यान्वयनको आवश्यकता रहेको अनुसन्धानमा उल्लेख छ ।
अष्ट्रेलियाको मुख्य शहरहरुमा घर भाडा निरन्तर रुपमा बढ्दै जाँदा कमजोर आर्थिक हैसियत भएकाहरु पीडित बन्न थालेका छन् । केही वर्ष अघि सस्तोमा भाडामा पाइने घर अहिले दोब्बर भन्दा पनि महँगो हुन थालेको छ ।
पछिल्लो तथ्यांक अनुसार तास्मनियाको राजधानी होबार्टमा घर भाडामा चर्को वृद्धि भएको छ । उक्त राज्यमा पहिले २८० डलर देखि ३०० डलर सम्ममा पाउने तीन कोठे घरको भाडा अहिले ४५० डलर प्रति हप्ता भन्दा बढी पुगेको छ ।
त्यस्तै, एडिलेड घर भाडा महँगो भएको सूचीको दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानमा सिड्नी परेको छ । घर भाडा बढ्नुको मुख्य कारण भाडामा दिने घर तथा अपार्टमेन्टहरुको संख्या नबढ्नु रहेको छ । बढ्दो जनघनत्व तर, नयाँ पथ भवनहरु निर्माण हुँदा भाडा महँगो हुन गएको हो ।
यसरी ह्वात्तै भाडा भढ्दा कमजोर आर्थिक अवस्था भएकाहरुको टाउको दुख्न थालेको छ । यसबाट सरकारी भत्तामा बस्दै आएका तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरु पनि पीडित बन्न थालेका छन् । भाडाकै कारण एउटै घरमा धेरै मानिसहरु बस्न बाध्य हुन थालेका छन् ।
अष्ट्रेलिया हालसालै गएका नेपाली विद्यार्थीलाईहरुलाई नेपालीले नै ठग्न थालेको समाचार बाहिर आउन थालेको छ । केही हप्ता अगाडिमात्रै अष्ट्रेलिया पुगेका एक नेपालीले ४ वेड रुम घरको एउटा कोठाको भाडा २ सय १५ डलर मागेपछि उनी आश्चर्य चकित परेका थिए ।
अष्ट्रेलियामा नेपाली भाडावालाले आवश्यकता भन्दा निकै बढी भाडा भनेपछि उनी दुखित भएका थिए ।
अष्ट्रेलियामा नेपालीले नेपालीलाई मदत गरेको धेरै सुनेको थिए आज ठग्नेहरु पनि देखेको उनले बताए ।
नेपाली भाडावालाले एउटामा आफु बसेर अन्य दई प्रतिकोठा २३० देखि २५० डलरसम्म भाडामा लगाउने गरेको पाईएको छ ।
केही नेपालीहरुले भने नेपालीहरुले आफ्नै समुदायप्रति देखाएको व्यवहार अव्यवहारिक भएको बताएका छन् । उनीहरुले यसबारे चिन्ता व्यक्त गरेका छन् भने यसबारे अभियान नै चलाउनु पर्ने तयारीमा आफुहरु रहेको बताएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सिट बाँडफाँट केही दिनभित्र टुंगिन्छः प्रचण्ड
- 3 hours ago

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँट केही दिनभित्र टुंगिने बताएका छन्। गोरखा संग्रहालयभित्र आज पार्टीले गरेको कार्यक्रममा बोल्दै प्रचण्डले सत्ता गठबन्धनले बन
पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाइयो
- 3 hours ago
एजेन्सी। पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैर–आवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गरेका छन्। मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगा
कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर
- 4 hours ago

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको स्वास्थ्यमा सुधार नआएपछि उनको उपचार भेन्टिल
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
घरमा यी संकेत देख्नुभयो भने बुझ्नुहोस् खराब समय चाँडै सुरु हुँदैछ !

एजेन्सी । आचार्य चाणक्यले आफ्नो नीतिशास्त्रमा धेरै कुरा भनेका छन् । उनको हरेक कुराले हामी सबैलाई जीवनमा लक्ष्य हासिल गर्न प्रेरित गर्छ। चाणक्यले आफ्नो नीतिशास्त्रमा भनेका छन् कि खराब समय आउनु भन्दा पहिले नै यसका संकेत देखिन्छन् । घरमा वा वरपर घटेका केही घटनाहरूमा ध्यान दियौं भने खराब समय आउने संकेत मिल्छ।
विचित्र विश्व
पुटिन र जेलेन्स्कीबीच बालीमा भेटघाट हुनसक्ने

एजेन्सी । ब्लूमबर्ग न्युजसँगको अन्तर्वार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवै यस वर्ष बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने योजनामा रहेको बताएका छन्।