विपिन जोशी जीवित रहको इजरायली राजदूतको भनाइ
काठमाडौं । अघिल्लो वर्ष इजरायलमा प्यालेस्टिनी समूह हमासको आक्रमण पछि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी जीवितै रहेको इजरायलले बताएको छ ।
नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए.वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताएका हुन् । काठमाडांैमा पत्रकारहरु सँग भएको भेटमा उले विपिन छिट्टै काठमाडौं फर्किने विश्वास व्यक्त गरे ।
विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताएका छन् । विपिन सहित ९६ जना अझै हमासको नियन्त्रणमा रहेका र उनीहरुको रिहाईका लागि पहल भइरहेको राजदूत वासले बताएका छन् । हमासले विपिन सहित २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगेको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा एक सय पाँच जनालाई रिहा गरेको थियो भने आठ जनालाई इजरायली सेनाले उद्धार गरेको थियो ।
अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिनु अघि इजरायल र हमास बीच युद्धविराम सम्झौता गर्ने प्रयास भइरहेको छ । युद्धविरामको लागि कतारले मध्यस्थताको प्रयास गर्दै आएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ निर्माण गर्दैछ । मौसम
काठमाडौं । विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा
भोजपुर । भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक
एजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका
चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा
काठमाडौँ । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार