गठबन्धनलाई धोका नदिन कार्यकर्तासँग देउवाको आग्रह

Global IME
Norvic Hospital

विराटनगर। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनलाई धोका नदिन नेता कार्यकर्तासँग आग्रह गरेका छन्। राष्ट्रिय आवश्यकताले चुनावी गठबन्धन गरिएको बताउँदै गठबन्धनलाई धोका नदिन आग्रह गरेका हुन्।

 

बुधबार विराटनगरमा कांग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनलाई धोका नदिन कार्यकर्तालाई आग्रह गरेका हुन्। ‘नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको छ यो राष्ट्रिय आवश्यकताअनुसार बनेको हो। गठबन्धनलाई धोका दिनु हुन्न, कांग्रेसको टाउकोमा धोकेबाजको आरोप नआओस्।’

 

देउवाले गठबन्धन राष्ट्रिय आवश्कता भएकोले यसमा शंका हुने गतिविधि नगर्न उनले आग्रह गरेका थिए। आफूहरुसँग एक्लै बहुमत नभएकोले कसैसँग मिल्नै परेकोले उचाल्ने र पछार्ने काम नगर्न आग्रह गरे।

 

तत्कालीन केपी ओली नेतृत्वको सरकारले ‘आतंकित पारेका बेला’ आफूले नचाहँदा नचाहँदै प्रधानमन्त्री बनेको र गठबन्धनबाट प्रधानमन्त्री बन्न सम्भव भएकोले धोका दिन नहुने देउवाको भनाइ छ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बसाइँसराइले रित्तिँदै जैमिनीका गाउँ

  • 2 minutes ago
बसाइँसराइले रित्तिँदै जैमिनीका गाउँ

दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे । पहिराले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थि

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • 15 minutes ago
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

सत्ता गठबन्धनको बैठक बस्दै

  • 1 hour ago
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।