Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरुसले युक्रेनका दुई सहरमा एस–३०० मिसाइलद्वारा आक्रमण गर्यो

रुसले युक्रेनका दुई सहरमा एस–३०० मिसाइलद्वारा आक्रमण गर्यो


एजेन्सी । लामो समयदेखि चलिरहेको रुस र युक्रेन बीचको युद्ध झन् भयानक बन्दै गइरहेको छ । रुसमा वाग्नर समूहको विद्रोहको चर्चा टुङ्गिएको थिएन कि रुसले फेरि युक्रेनमा ठूलो हमला गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

मङ्गलबार साँझ पूर्वी युक्रेनको क्रामाटोर्स्कको हलचल भएको डाउनटाउन क्षेत्रमा रुसी मिसाइल प्रहार भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

आक्रमणमा परी एक बालकसहित कम्तीमा ४ जनाको मृत्यु भएका छन् भने कैयौँ घाइते भएका छन् ।

मृतक र घाइतेको थप विवरण आउन बाँकी छ ।

डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोका अनुसार आक्रमणहरू साँझ ७ः३० बजे भएको थियो।

रुसले मंगलबार युक्रेनका दुई सहरमा आक्रमण गरेको थियो । एक क्रेमेन्चुक र अर्को, क्रामटोर्स्क। यी दुवै शहरमा मिसाइल हमला भएको बताइएको छ।

क्रामाटोर्स्कको केन्द्रमा रहेको व्यस्त स्थानमा भएको मिसाइल आक्रमणमा ४ जनाको मृत्यु हुनुका साथै ४२ जनाभन्दा बढी घाइते भएका हुन् ।

रुसले सहरमा दुईवटा एस–३०० मिसाइल प्रहार गरेको बताइएको छ।

युक्रेनी आपतकालीन सेवाले टेलिग्राममा उक्त आक्रमणमा ४२ जना घाइते भएको जानकारी दिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT