साफ च्याम्पियनसीपको लागि राष्ट्रिय फुटबल टोलीको घोषणा, निराजन खड्का पनि टोलीमा परे

  • मंगलबार, १२ भदौ, २०७५
  • 1 year ago
  • खेल

काठमाडौं । यही भदौ १९ गतेदेखि बंगलादेशमा हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागिता जनाउन २० सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । 

 

नेपाली टोलीको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बन्द प्रशिक्षणमा रहेका २९ खेलाडीबाट विराज महर्जनको कप्तानीमा २० सदस्यीय टोली छनोट गरेका हुन् । 

 

टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र निराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् । 

 

निराजन खड्का ६ वर्षपछि राष्ट्रि टोलीमा फर्किएका हुन् । खड्का थ्रि–स्टार क्लबबाट व्यवसायीक फुटबल खेल्दै आएका थिए । उनले पछिल्लो पटक सन् २०१२ मा काठमाडौंमा सम्पन्न एएफसी च्यालेन्ज कपको फाइनल चरणमा प्यालेस्टाइनविरुद्ध खेलेका थिए ।  

 

च्याम्पियनसीपको समूह ‘ए’ मा नेपालसहित आयोजक बंगलादेश, पाकिस्तान र भुटान छन् । नेपालले भदौ १९ मा पाकिस्तानसँग खेल्दै साफको शुरुवात गर्नेछ । त्यसपछि नेपालले २१ भदौमा भुटानको तथा २३ भदौमा आयोजक बंगलादेशको सामना गर्नेछ । 

 

यसअघि भएको साफ च्याम्पियनसीपमा नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन । भदौ ३० गतेसम्म हुने च्याम्पियनसीपको समूह ’बी’ मा साबिकको बिजेता भारत, श्रीलंका र माल्दिभ्स छन् । 

 

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 


थप समाचार

काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

  • 2 hours ago
काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा भने कुल १३४ संक्रमित थपिएका छन् ।

नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 2 hours ago
नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

  • 3 hours ago
भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

एजेन्सी । भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको बताइएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।