नेपाली लेखक संघद्वारा एकलाख राशिको ‘विशिष्ट लेखक पुरस्कार’ स्थापना
- आइतबार, १२ आषाढ, २०७९
- 1 month ago
- साहित्य

काठमाडौँ। नेपाली लेखक संघले एक लाख राशिको विशिष्ट लेखक पुरस्कार स्थापना गरेको छ। संघको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले नेपाली साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने एक स्रष्टालाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो।
संघका अध्यक्ष एवं वरिष्ठ कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विसं २०८० वैशाख १६ गतेदेखि हरेक वर्ष ‘लेखक दिवस’ मनाउन सुरुआत गर्ने निर्णय गरेको छ।
उक्त दिन नेपाली लेखक संघका सबै प्रदेश तथा जिल्ला शाखालाई लेखक दिवस मनाउन निर्देशन दिने निर्णय बैठकले गरेको संघका सचिवालय सदस्य नवीनचन्द्र घिमिरेले जानकारी दिए।
स्रष्टाहरूले राजनीति परिवर्तनका लागि चालेको संगठनात्मक चेतको उच्च स्मरण गर्दै उक्त ऐतिहासिक दिनलाई नेपाली लेखक संघले ‘लेखक दिवस’ मनाउने निर्णय गरेको हो।
उक्त दिवसकै अवसर पारेर प्रदान गरिने विशिष्ट लेखक पुरस्कारको अक्षयकोष स्थापना गर्न संघले आफ्नो तर्फबाट रकम संकलन गर्न सुरु गरेको छ। सो पुरस्कार प्रदान गर्न अक्षयकोषका लागि कार्यसमितिको तर्फबाट मात्रै छ लाख बराबरको रकम संकलन भएको छ।
सुरुवातमै निकै उत्साहपूर्वक स्वतस्फुर्त रकम संकलन भएको उक्त अक्षयकोषमा आगामी दिनमा पनि विभिन्न संघसंस्था र व्यक्तिबाट रकम संकलन गरी कोषमा कम्तीमा २० लाख बराबरको मूल धन पुर्याउने लक्ष्य लिइएको संघका अध्यक्ष श्रेष्ठले बताए। उनले उक्त पुरस्कार वितरण गर्नका लागि एक कार्यविधि निर्माण गरी स्रष्टाबाट स्रष्टाका लागि प्रदान गरिएको रकमलाई व्यवस्थित गरिने स्पष्ट पारे।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली
- 2 hours ago

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत
- 2 hours ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!
- 4 hours ago

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।