त्यो मन त नेपाली नै थियो, तर...

Norvic Hospital

–ए मविन ! हन, कहाँ छौ केटाहरू ?

 

–हन, नविन त यही छ  । होवेर इज मविन ? नविन, डिन्ट यु सी हीम ?

 

–नो ड्याड । नविनको हातका औलाहरु अनि तनमन उस्कै मोबाईलमा केन्द्रित थिए ।

 

बाबुले केही ठाउँ हेरीहेरे, देखेनन् । अनि मविनकी आमालाई सजग गराए । दुवै जनाले घर वरिपरि सबै खोजे । कही थिएन मविन ।

 

आमा अत्तालिदै अतासले घरबाट अलिक बाहिरको इलाकामा यताउति गर्दै खोजेकी थिई ।

 

मविन भने त्यो समय केही तल एउटा रुखको फेदमा रहेको च्याप्टो समतल ढुंगामाथि बसेर बेअर्थ रोइरहेको थियो ।

 

०००

 

त्यो समय मविन १४ वर्ष पुगेर १५ मा हिँडदै गरेको युवावस्थाको केटो थियोे । उनीहरु दुई भाइ थिए । भाइ नविन हो । उ त्यति यताउता जादैन थियो । सधै आप्mनो मोबाइलमा नै समय बिताउँथ्यो । 

 

यी दुवै दाजुभाई काठमाडौमा जन्मिएका भएता पनि बाल्यकालदेखि नै बेलायतमा बस्तै आएका थिए । बिदाको समय नेपाल आए काठमाडौ नै मात्र थियो उनीहरूको गन्तव्य । त्यसपटक भने पुख्र्यौली र मावली गाउँठाउँ देखाउने, चिनाउने, बुझाउने आमाबाबुको मनसाय भएको हुँदा यी दुई दाजुभाइले पहाड गाउँघरको वस्तुस्थिति राम्ररी र नजिकबाट बुझने मौका पाएका थिए ।

 

हुन त भूबनोटको हिसाबले काठमाडौमा पनि डाँडाकाँडाहरु छन् । देखेकै हो । कहिलेकाहिँ दोलालघाट, नगरकोट र ककनीतिर जाँदा केही खोलानाला, पहरा–पहिरो, गाउँबस्ति, खेतीपाती, पशुपालनहरू जस्ता जीवन जगतका हिस्साहरू पनि देखेकै हो । तर त्यी सबै गाडीबाट यात्राको क्रममा मात्रै गर्ने दृश्यावलोकन थिए । वास्तविक गाउँको स्थलगत रहनसहन, वसोबास, जीविकोपार्जन जस्ता यथार्थ वस्तुस्थितिहरू भने यी दुईलाई त्यसैपालि हो थाहा भएको ।

 

०००

 

काठमाडौदेखि मधेशसम्म खोलैखोलाको यात्रा थियो । मधेश लागेपछि एकनासको थकानलाग्दो यात्रा । तातो हावा । समलत भूभाग, ठाउँठाउँको सालघारी वनजंगल, प्रायः उराठ लाग्दो बगरे खोलाहरुमाथिको लमतन्न पुल, छाप्रा र विल्डिङहरुको बजारबस्ति । केही क्षणको लागि गाडी रोकिएतापनि त्यो क्षण मानसिक रुपमा निकै सास्ति । कतिखेर हिडीजाउँ जस्तो हुने । असहनीय गर्मीको परिवेशमा धुलैधुलो अनि घुइँचो । खानेबस्ने ठाउँ, दिसापिसाब गर्ने ठाउँ, वरिपरि मैला र नाकै पोल्ने गन्ध उस्तै । त्यहीमाथि विभिन्न खाले सामान बेच्नेहरूको अनावश्यक होहल्ला । किसिमका गाडीहरु अनि साना मसिना टेम्पो, टेक्सी, मोटर साइकल र रिक्साहरू । सवैको होडबाजी जस्तो अनियन्त्रित र जथाभाबीको आवतजावत । अप्रिय लाग्ने अनावश्यक हर्न । कति दिग्दारी लाग्दा थिए, ती केही ठाउँठाउँहरूका क्षणहरू ।

 

मधेशको लामो यात्रापछि बल्ल पूर्व पहाडी उत्तरदक्षिण मेची राजमार्गको उकाली ओराली बाटो हुँदै पहाड लाग्यो गाडी । काठमाडौ जस्तै प्रकृति र वनस्पतिहरुको केही रमाईला दुश्यहरु गाडीको भ्mयालबाट देखिन थाले । शितल हावाको झोका एक किसिम आनन्ददायी थियो । नागबेली जस्ता घुम्ती परेका बाटाबाट देखिने विविध दृश्यहरू । 

 

एकपछि अर्कोे भन्ज्याङ्हरू काटेपछि सामान्यदेखि विकट र कहाली लाग्दा भू–बनोट, पहिरो, भीर, पाखो, खोल्सी । कहि लमतन्न लामा नागी, कहि चाप गुराँसले झपक्कै बनाएको मगमगीदो बासनादार वनजंगल अनि उत्तिसघारीभित्रका रहरलाग्दा अलैंचीका बगानहरू । आहा ! कन्याम, फिक्कल र इलामबजारको चियाबारी । ठाउँठाउँमा साँघुरो सडकको दायाँबायाँ विकट र भिरालो धरातलमा बनिएका गगन चुम्बी जस्ता लाग्ने बिल्डीङहरू अनि आसपासमा झुप्राहरुले भरिएको बजारबस्ति । पहाडी डाँडाकाँडाको काखमा रहेको दम्स्याईलो भूभागमाथि विचित्रले तयार परिएको खेतीपाती र छरीएको सेतो र रातो माटोले रंगिएका गाउँघरहरू ।

 

यिनै यस्तै दिक्क र सास्ती लाग्दा परिवेशदेखि विविध, आकर्षक र मनमोहक क्षणहरूको अवलोकन गर्दै पुख्र्यौली घर आइपुग्नु भन्दा पहिलाको बाक्लो बस्ति थियो, गोपेटार बजार । यही बजारबाट केही समयपछि भोटेगढी डाँडा र आगेजु डाँडाको बिचमा आउने देउराली भन्ज्याङ् । भन्ज्याङ् काटेपछि अनायासै पल्लापट्टी देखिने पारि क्षितिजसम्मको आँखाभरी अँगालोमा नअटाउने विस्तृत सतत मनमोहक आलोक । यही अचानक र आकर्षक रुपमा देखापरेको भौगोलिक बनावटको दृश्यावलोकन गर्न अलिक तल राम्ररी देखिने खुला ठाउँमा गाडी पाँच–दश मिनेटलाई रोकियो । दुई दाजुभाइ हर्षविभोर भए । खुला नागीको त्यो चउरमा उताउता दौडिए चउरमा लडीबडी खेले । वारिपारिको परिदर्शनीय आलोकमा मोहित हुदै सेल्फी लिए । आमाबाबुलाई र गाडी चलाउने गुरुजीलाई पनि विभिन्न पोजमा सेल्फीमा सहभागी बनाए ।  

 

साँच्चिकै मनमोहक थियो आँखाभरीको यो दृश्यावलोकन । मानौ कहि कतै बेग्लै दुनियाँ हो कि जस्तो देखिने । पारी क्षितिजसम्म आँखाले राम्ररी अवलोकन गर्न सकिने आँखा भरीभरीका मनमोहक र नविन दृश्यहरू । जो देख्यो त्यतिकै नौलो अनि जिज्ञासिलो । प्रश्नैप्रश्न बोकेका विचित्र आलोकहरु । छर्लङ्ग देखिने निलो गगनचुम्बी सेता र चाँदीजस्तो तल्कने कुम्भकर्ण कन्चनजङ्घादेखि लिएर सीदिचोक्मा जस्ता उच्च पहाडी चुचुरोको काखमा अन्य विभिन्न उचाइ र चौडाका पहाडी भूभाग । यीनै पहाडहरूको फेदी र कुनाकाप्चाबाट चियाउदै निस्किएर बहने सौन्दर्यसुधा कावेली र इन्द्रावती नदी । हेरीरहुँजस्तो दुई नदीको तरंगी संगमस्थल इन्द्रेणी दोभान । टाढासम्म देखिने पहाडी डाँडाकाँडाका पेट र काखमा बसेका गाउँबस्ति, रातोसेतो माटोले पोतेका टल्कने टिनका छानु भएका घरहरू । खेतीपाती अनि विविध बनस्पतिले भरीपूर्ण भूबनावटका भीर, पाखो, खोेल्सी र पहिरो । गाडा हरियालीमा राता, पहेला, सेता रंगहरुले रंगिएका तरुतृण रंगिन वन र पाखाहरू ।

 

उनीहरुले देखेको–जानेको बेलायतको दम्स्याइलो भू–भागमाथिका मानव निर्मित गगनचुम्बी सफा र उज्याला बिल्डीङ्का सहर बजार अनि विविध किसिमले निर्मित बिकासका विचित्र र विविध आधारहरू भन्दा बेग्लै प्राकृतिक सम्पदाले भरीपूर्ण यो भूमिमा महसुस गरिएको यी तमाम परिदर्शन आवलोकनीय आलोकले यी दुई युवाहरुको मानसपटलमा एउटा बेग्दै आकर्षित सौन्दर्यतापूर्ण स्वर्गिय आनन्ददायी सुखि धनाढ्य मानव गाउँबस्तिको काल्पनिक चित्र कोरीएको थियो ।

 

०००

 

पहिलो दिन जब पुख्र्यौली घर पुगे । पहिलो क्षण यी दुईको लागि निकै रमाइलो थियो । कुखुराहरू त्यही आँगनभरी चरीरहेका थिए । अलिक परतिर बाख्राका पाठाहरु उफ्रिरहेका अनि माउहरू टाट्नामाथि खुट्टो राखेर घाँस खाइरहेका, अलिकपर ढुंगाका पर्खालले बारिएको खोरमा दुई तीनवटा सुँगुरहरु अनि खोल्मामा बाँधिएका गाई भंैसी र गोरूहरू । मसिना पाडा र बाछो अलक्कै सानो टाट्नामा । तल रछ्यानका बगैँचा, सब्जीबारी अनि क्रमस खेतबारी रहेको खुला ठाउँ ।

 

उज्यालो छउन्जेल उनीहरू निकै चाख लगाएर एताउता गरिरहेका थिए । जब साँझ प¥यो, तब घरभित्र आएर बसेको अवस्थाबाट भने उनीहरुलाई मुश्किल हुँदै गयो । बिजुली बत्ति छैन । टिभी  छैन । हिटर छैन । सुकिलो न्यानो उज्यालो बैठक र सफा किचन छैन । सानो टुकी कुनामा बालिएको छ । चौकाबाट आएको धुवाले घर भरिएको छ । 

 

आँखा पोलेकोले भित्र बस्न गाह्रो भएपछि यी दुई बाहिर बस्न आए । जाडो र अँध्यारोले उत्तिकै नरमाइलो थियो वातावरण । दुईजना सीरकभित्र गुन्ठुनीएर बाहिर दलानमा मन खिन्न हुँदै बसे । वातारण शान्त र चुप जस्तो कालो अँध्यारो थियो । चारैतिर सन्नाटा र डरलाग्दो वातावरण । यस्तैमा अघि देखिएका पारिका पहाड र डाँडाहरूमा कहि कतै ठाउँठाउँमा उज्यालोको चमक अनि कहीँ डढेलो लागेको आगाका लस्करहरू देखिन्थे । मानौ ती कही कतै कहिले काही कुनै टिभि शृङ्खलामा राखिएको एउटा दृश्यमा देखिने मध्यरातका कुनै सहरबजारको एक छेउ जस्तो लाग्थ्यो ।

 

यस्तै यस्तै केही दिनहरूका नित्यतामा, यी दुईले पुख्र्यौली अनि मावली गाउँघरको स्थलगत वस्तुस्थितिहरूको भित्री अवस्था एकपछि अर्को गरेर अलिअलि देख्दै र बुभ्mदै थिए ।  

 

त्यहाँको बालबच्चाहरूको अवस्था अनि मानिसहरुको दिनचर्या । पाठशाला र स्वस्थ्या चौकिहरूको निन्दनीय अवस्था । बसाइँ, लगाई  अनि खानपान । खेतीपातीमा बिहान सबेरैबाट बेलुकि साँझसम्मको खटाई अनि वस्तुभाउको सम्हार । साना बच्चादेखि जवान बूढा सवै झिसमिस अध्यारो भइन्जेल कहीँ न कहीँ केही न केही काममा झण्डिरहेको अवस्था । माटो र ढुंगाको घर । पिउने र खाना बनाउने पानी टाढामा अवस्थित धारा वा कुवाबाट गाग्रामा बोकेर घरमा ल्याउनु पर्ने । खाना बनाउन दाउराको आगो । आगोबाट उठेको धुवाँले आँखा पोलेर घरभित्र बस्नै मुस्किल हुने । सुकिलो र सफा हुने समय नै नभएको । बेलुकि सन्जेकाल भएपछि चारैतिर अँध्यारो घरमा टुकीको धिपधिपे उज्यालोमा खाना खानु पर्ने । राति सुत्न गयो ओडने ओछयाउनेबाट आएको गन्ध अनि सुत्न थालेपछि उडुस उपियाँको टोकाई । यी यस्ता यावत कुराहरू थिए । जो जीवनमा मविनको लागि ती करुणामय प्रश्नै प्रश्नका पोकाहरू । 

 

मविन स्वभावैले दयालु र संवेदनशील स्वभावको युवा थियो । यीनै यावत अवस्थामा बाचेका उस्कै उमेरका दौंतरीहरु र त्यो भन्दा साना साना बालबच्चाहरूको आवस्था देखेर उ बिस्तारै खिन्न हुन थाल्यो । मनमनमा बेलायत र त्यहाँको जीवनस्तरलाई तुलना ग¥यो । मानव जीवनको बारेमा सोच्यो । सबै मानव एउटै हुन । तर जीवनशैलीमा देखिएको फरकले उसको मथिंगल खलबलियो । विविध प्रश्नहरू उठेका थिए । तर जहाँ यस्तो परिस्थिति र अवस्था देखापरेको थियो जस्को उसले सही जवाफको अपेक्षा गर्नै सेकन । नमज्जा लाग्न थाल्यो ।

 

यी यस्ता अन्योल र खिन्नताको परिवेशमा मबिनको युवा संवेदनशील मस्तिष्क र हृदय अनुत्तरीय प्रश्नहरू र  अपूरणीय भावनात्मक अघातित संवेदनाले विक्षिप्त र अन्योल थियोे । उस्को यो अवस्थामा अनायासै माथिल्ला घरे आमैले आप्mनो पाँच वर्षको छोरीलाई पानी पँधेराबाट ढिला आएकोमा बेस्सरी गाली गरेको आवाजले मविनको ध्यान आकार्षण ग¥यो । 

 

आमैले गालि मात्रै गरिन्, ‘मेलापात गर्न ढिला भैसक्यो के भएर यतिका ढिलो गरिस्’ भन्दै बालक छोरीको बिसम्भार रहेको कपाल समातेर भुत्ल्याईन । आप्mनै आमा यति निर्दयी हुन्छिन्, उस्ले कल्पना पनि गरेका थिएन । यो निर्दयी क्रुरताले मविन अत्तालियो । उ आप्mनी आमाकोमा हतास पुगेर त्यो अवस्थाबाट बच्चालाई छुटाउन आमालाई गुहार माग्यो । तर आमाको लागि त्यो सामान्य थियो । त्यसैले सामान्य व्यवहार देखाइन् । उ आफैले बालिकाको प्रतिरक्षामा आफुलाई उभ्याउन सकेन । उस्ले बोकेका अनुत्तरीय प्रश्नहरू र संवेदनाले विक्षिप्त र अन्योल पुर्याएको मस्तिष्क र हृदयमा अझ अन्योल, असहाय र निर्वलीयो हिनता बोघको बोझ थपियो । त्यसैले मविनलाई के गरौ कसो गरौं हुन थालिसकेको थियो ।

 

त्यही गाउँघरको सेरफेरा हो, मविनले पहिलो दिन त्यहाँको भू–बनोट र सुन्दर प्राकृतिक दृश्य अवलोकन गरेर यस्तो यो दुनियाँको सबैभन्दा आकर्षक सौन्दर्ययुक्त स्वर्गिय आनन्ददायी प्राकृतिक सम्पदाले भरिपूर्ण यो विशाल गाउँठाउँका मानिसहरू कति परमसुखि र आनन्दित अनि सुन्दर होलान् भनेर अनुमान लाउन नसकेको । जीवनमा उस्ले कहिले कल्पना पनि गरेको थिएन । जुनहरू ऊ अनुभुति गरिरहेको थियो । अनौठो, आकर्षित र नयाँ विविधता जे हे¥यो, जे देख्यो ती सबैमा केही न केही उत्सुकता र जिज्ञासाले भरिपूर्ण बाहिरीया यस्तो विविधताको धनाढ्य परिवेशमा बाँचेको यो मानवीय दैनिकले मविनको संवेदनशील विवेकलाई विचलित बनाइरहेको थियो । उस्का मस्तिष्कले विविध प्र्रश्न गरिरहेका थिए । कहिँकतैबाट उत्तर पाउने आशा नरहेको यो निरासाले मविनलाई आज एकान्तमा आफैलाई थाहा नपाई यसरी पु¥यायो । जहाँ ऊ रुदैँ थियो । तर त्यो अस्पष्ट र अमूर्त अनुभुतिको शारीरिक प्रतीकात्मक अनुवाद अनुमान गर्न नसकिएको, नबुझिएको, बाहिर देखाउन नसकेको र हृदय विदारक कुण्ठाले ग्रसित विदेशमा हुर्कर्दै गरेको एउटा नेपालीको छोराले बोकेको नेपाली युवा मन थियो ।

–साउथ वेल्स, कुम्ब्रान । यु.के. ।

 

 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज सुनको भाउ कति ?

  • 8 minutes ago
आज सुनको भाउ कति ?

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज २५ गते प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो ।

अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

  • 9 minutes ago
अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

एजेन्सी । अफगानिस्तानमा तालिवानको सरकार बनेसँगै महिलाहरुमाथि बन्देज लगाउने नीतिले तीब्रता पाएको मिडिया रिपोर्टमा उल्लेख छ । माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई स्कुल जान प्रतिबन्ध लगाइएको मिडिया रिपोर

अगुइरो पनि बार्सिलोना छोडेर पिएसजी जानसक्ने !

  • 28 minutes ago
अगुइरो पनि बार्सिलोना छोडेर पिएसजी जानसक्ने !

एजेन्सी । स्टार खेलाडी लियोनल मेस्सीले बार्सिलोनाका खेलाडी सर्जियो अगुइरोलाई पिएसजीमा अनुबन्ध गर्न सुझाव दिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार पिएसजीका फरवार्ड मउरो इकार्दी र अगुइरो स्वाप गर्ने रण



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।