मेलवर्नमा वाक फर वेलफेयर सम्पन्न, वाक फर वोमन अर्को चरणमा

मेलबर्न । भिक्टोरिया राज्यको मेलवर्नमा वाक फर वेलफेयर कार्यक्रम सम्पन्न भएको छ । अस्ट्रेलियामा हुने महिला तथा लैंगिक हिंसाका घटना विरुद्ध जनचेतना जगाउने उद्देश्यले गैरआवसीय नेपाली संघ अस्ट्रेलियाले कार्यक्रम आयोजना गरेको हो । 

 

कार्यक्रममा घरेलु हिंसाबाट पीडितहरुले आ–आफ्नो कथा सुनाएका थिए । हिंसा पीडित बबि तामाङले हिंसा पार गर्दै आफू कसरी सामान्य जीवन जिउन सफल भएँ भन्ने उदाहरण सबैलाई सुनाएकी थिईन् । 

 

त्यसपछि सुरु भएको पदयात्रामा करिब चार किलोमिटर दुरी पार गरेर सम्पन्न भएको थियो । 

 

मेलवर्नमा अयोजित कार्यक्रममा गैरआवसीय नेपाली संघका प्रतिनिधिहरु, सामाजिक अभियान्ता, विभिन्न पेशाकर्मी तथा व्यवसायीहरुको उपस्थिती रहेको थियो । २ सय ५० भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रम निकै भव्य रुपमा सम्पन्न भएको थियो । 

 

कार्यक्रममा भिक्टोरियाका लागि महावाणिज्यदुत चन्द्र योञ्जन, एनआरएनका पूर्वअध्यक्ष शेष घले, जमुना घले, एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, उपाध्यक्ष नन्द गुरुङ, सचिव देव गुरुङ, नारी निकुञ्जकी अष्ट्रेलिया संयोजक प्रतिज्ञा अधिकारी, न्याभका नवनिर्वाचित अध्यक्ष तारा गैरे लगायतको उपस्थिति रहेको थियो । 

 

वाक फर वोमन अर्को चरणमा 

 

मेलवर्नमा वाक फरक वेलफेयर, वाक फर वोमनको पदयात्रा सम्पन्न भएसँगै पदयात्राका कार्यक्रम सकिएको छ । अस्ट्रेलियाका प्रमुख शहरहरु सिड्नी, । ब्रिसबेन, क्यानबेरा, एडिलेड र क्विन्सल्याण्डमा यसअघि नै पदयात्रा सम्पन्न भइसकेका छन् । 

 

कार्यक्रमका बारेमा जानकारी दिँदै नारिकुञ्ज अस्ट्रेलियाकी संयोजक प्रतिज्ञा अधिकारीले पदयात्राका कार्यक्रम सम्पन्न भएको बताईन् । 

 

नेपालीपत्रसँको कुराकानीका क्रममा अधिकारीले भनिन्, ‘पदयात्राका कार्यक्रम सम्पन्न भएका छन् । अब वाक फर वोमनको कार्यक्रम अर्को चरणमा पार गरेको छ । पहिलो चरणको कार्यक्रमबाट अस्ट्रेलियामा रहेका नेपाली महिलाहरुले हिंसा, यसको कानुनी उपचार लगायतका पक्षमा बुझने मौकाका साथै रेस्पोन्स टिमबाट सामाजिक, कानुनी तथा आर्थिक सहयोग पनि पाइरहनुभएको छ । अर्को चरणमा हिंसाका सम्बन्धमा कानुनी सामाग्री प्रकाशन गर्ने तथा विभिन्न जनचेतनामुलक वर्कसप आयोजना गर्ने कार्यक्रम रहेका छन् ।’

 

हाल हप्तामा १ जना नेपाली समुदायका मानिसहरु विभिन्न किसिमका हिंसाबाट पीडित रहेको अनुमान रहेको संयोजक अधिकारीले बताईन् । 

 

उनले भनिन्, ‘अस्ट्रेलियाभित्र हिंसाबाट पीडितहरु हप्तामा कम्तीमा पनि एक जना आउने गर्नुभएको छ । यसलाई बेलैमा सम्बोधन गर्न सकिएन भने समस्या जटिल हुँदै जान्छ । यसका लागि दोस्रो चरणका कार्यक्रमबाट सम्बोधनको प्रयास हुनेछ । तथ्यांक संकलनको काम भइरहेको हुँदा अब छिट्टै सरकारीस्तरबाट कानुनी सामाग्री नेपालीमै प्रकाशन गर्ने दिशामा अघि बढ्छौं त्यस्तै हिंसाका सम्बन्धमा वभिन्न कार्यशालाहरु पनि आयोजना हुनेछन् ।’

 

गैर आवसीय नेपाली संघको आगामी बैठकले कार्यक्रमहरु पारित गरेपछि दोस्रो चरणका कार्यक्रमहरु अघि बढ्ने पनि संयोजक अधिकारीले जानकारी दिइन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सामाजिक दूरी कायम गरी दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

  • 3 minutes ago
सामाजिक दूरी कायम गरी दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले सबैले यसप्रति सचेत हुन आग्रह गरेका छन् । विजया दशमीको शुभकामना दिँदै उनले सामाजिक दूरी कायम गरी आफ्नै

परेवा संरक्षण गर्दै गाउँपालिका

  • 7 minutes ago
परेवा संरक्षण गर्दै गाउँपालिका

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका यासोक बजारमा रहेको परेवाको गुँड तथा त्यहाँ रहेका परेवाको संरक्षणमा जुटेको छ । गाउँपालिकाको केन्द्र रहेको ऐतिहासिक यासोक बजारको मध्यभागमा अवस्थित परेवाको गुँड मर्म

त्रपुराकोटमा दशैँको जमरा टीका लगाउने आफ्नै साइत

  • 11 minutes ago
त्रपुराकोटमा दशैँको जमरा टीका लगाउने आफ्नै साइत

डोल्पा । डोल्पाको त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।