पुरानो लोकभाकाको चोरी बढ्यो, तीन जनाविरुद्ध प्रहरीमा उजुरी

Global IME
Norvic Hospital

काठमाडौं । पुराना, लोकप्रियका साथै कतिपय स्वर्गीय गायक/स्रष्टाको स्वरमा रेकर्ड भएका लोकभाकाका बोल, शब्द, लय र धुन चोरी गरेर गाउने क्रम बढेको छ । पुराना स्रष्टाका गीतलाई अनुमति नै नलिई तोडमोड गरेर आफ्नो नाम दिएर दाम कमाउने धन्दामा कतिपय युवा गायक÷गायिका तथा संगीतकार लागिरहेको आरोप समेत लागेको छ ।

 

अर्काको सिर्जना बिगारी थपघट गरी अनुमति बिना आफ्नै जसरी प्रचारप्रसार गर्ने काम गर्न नपाइने व्यवस्था प्रतिलिपी अधिकार ऐन, २०५९ मा गरिएको छ । एउटा लोकभाकालाई दोहोरो रूपमा समेत चोरी गरिएको पाइएको छ । कुरो यतिमा मात्र सीमित छैन, आफूले एउटाको गीत चोरी गरेर गाएका गायकले पुरानै बोलको गीत अर्को गायकले गाउँदा आफ्नो भन्दै दावीसमेत परेको छ ।

 

सिताराम कार्कीको संकलनमा गायक सर्जक हरेराम कार्की र मधु क्षेत्रीको स्वर रहेको ‘जता टेक्यो कदम’ र ‘हे मेरी सानु’ बोलको गीत रेकर्ड भएको थियो । 

 

आफ्नो पुरानो गीत हुबहु चोरी भएकोमा सर्जक कार्की सिन्धुपाल्चोकबाट उजुरी दिन नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय हुँदै हनुमान ढोका पुगेका छन् । 

 

कार्कीले गोविन्द दुलाल, सार्कीमान लामा र देवी लामाविरुद्ध प्रहरीमा उजुरी दिएका हुन् । कार्कीले प्रतिलिपि अधिकार ऐन अन्तर्गत उनीहरुलाई कारबाहीको माग गर्दै चोरीविरुद्ध उजुरी दिएका हुन् ।  

 

चोरी भएको अहिलेको ‘ट्याक्सी मोटर कार कदम’ र ‘हे मेरी सिर्जना’ बोलको गीतमा गोविन्द दुलालको रचनामा गोविन्द दुलाल, सार्कीमान लामा र देवी दुलालले स्वर दिएका छन् । 

 

‘ट्याक्सी मोटर कार कदम’ बोलको गीत आफ्नो पुरानो भाका ‘जता टेक्यो कदम’ बोलको लयबाट हुबहु चोरिएको र अर्को ‘हे मेरी सिर्जना’ बोलको गीत आफ्नो लोकगीत ‘हे मेरी सानु’ बाट अनुमति बिना गाएकोले चोरिएको ठहर गर्दै उजुरी दिएको कार्कीले बताए । 

 

गोविन्द दुलाल आफैंमा राष्ट्रिय संगीतकर्मी संघको उपमहासचिव हुन् । सर्जक कार्की भन्छन्, ‘संस्थामा यस्ता व्यक्तिको पदसमेत खारेज गरिनुपर्छ ।'

 

कार्कीको आफ्नो सिर्जना चोरिएको भने यो पहिलो होइन् । यसअघि पनि आफ्नो पुरानो कल्पना ‘बल्ल बाँच्यौं जो वनै ओगटी’ भन्ने बोलको भाका नै दुईपटक चोरी भएको थियो । यसैगरी कार्कीले प्रहरीमा उजुरी दिई क्षतिपूर्ति लिइसकेका थिए । 

 

अब हुने यो पछिल्लो गीतको फैसलामा सामान्य किसिमले नभई कडा रुपमा आफू पनि लाग्ने र कडा कारबाही गर्ने पक्षमा सर्जक रहेका छन् । साथै कार्कीले सबै दर्शक श्रोतालाई सहयोग गर्न समेत अपिल गरेका छन् । 

 

पछिल्लो समय चलेका नेपाली गीतका युट्युबमा दुई/चार करोडसम्म भ्यूज हुन थालेका छन् । युट्युबले गर्दा स्वदेशमा मात्र नभएर विदेशमा पनि नेपाली गीत÷संगीत हेर्न सहज भएको छ, गीत धेरैले हेर्नेमा मात्र सीमित नभएर दर्शकको संख्यासँगै आम्दानीको स्रोत समेत बनेको छ । यही आम्दानीले पुराना स्रष्टालाई पनि केही हदसम्म जगाए पनि उजुरी गर्ने क्रम बढेको छ ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज चैते दशैँ पर्व मनाइँदै

  • 6 minutes ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 58 minutes ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा

  • 1 hour ago
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा

मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्युरसाओलाई ७–० गोलले पराजित गरेको हो ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।