‘नेयमार फुटबलको घृणित पात्र’

  • आइतबार, १९ जेष्ठ, २०७६
  • 1 year ago
  • खेल

एजेन्सी । ब्राजिलिय खेलाडी नेयमार फुटबलका एक आलोचित पात्र हुन् । उनी समय–समयमा आफ्नै हर्कतको कारण आलोचनाको पात्र बनिरहेका छन् । ब्राजिलको कप्तानी सम्हालिरहेका उनलाई उक्त जिम्मेवारीबाट आलोचनाकै कारण हटाइएको बताइरहेको छ । 

 

उनै नेयमार यतिबेला आफ्नै देशमा हुन लागेको कोपा अमेरिकाको तयारीको लागि राष्ट्रिय टिमसँग तयारी गरिरहेका छन् । तर, उनले अभ्यासको दौरान आफ्नै टिमका युवा खेलाडीलाई जानाजान तानेर लडाइदिए । केही दिनअघि भएको अभ्यास खेलमा १९ वर्षीय युवा खेलाडी भेभर्टनले नेयमारलाई गतिलो ‘नटमेट’ चखाइदिएपछि नेयमारले तत्कालै उनको बिब्समा समातेर लडाइदिए । भेभर्टन भुईमा पछारिएपछि केही समयको लागि खेल रोकिएको थियो ।

 

उनको यस्तो हर्कतपछि टिमको नै बेइजत भएको सामाजिक संजालहरुमा टिप्पणी हुन थालेको छ । उनलाई घृर्णित पात्र भन्दै उनको आलोचना भएको हो । युवा खेलाडीहरुलाई थप प्रेरणा दिनुपर्ने ठाउँमा उनले यस्तो कार्य गर्नु आपत्तिजनक रहेको उनीहरुको तर्क छ । 

 

प्रशिक्षक टिटेले पनि उनको पछिल्लो गतिविधिप्रति आपत्ति जनाइसकेका छन् । फ्रेन्च कपको फाइनलमा पराजित भएपछि एक समर्थकमाथि मुक्का प्रहार गर्दा उनी तीन खेलको प्रतिबन्धमा परेका थिए । त्यस्तै, सामाजिक संजालमा परेको टिप्पणीको कारण पनि उनी च्याम्पियन्स लिगको प्रतिबन्धमा छन् । 

 

नेयमारलाई कप्तानबाट हटाइएपछि उनी थप आक्रोशित भएको बताइएको छ । ब्राजिल जुन १४ बाट सुरु हुने कोपा अमेरिकामा ड्यानी आल्भेजको कप्तानीमा उत्रनेछ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित गराउने तनहुँका गुरुङ पक्राउ

  • 24 minutes ago
अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित गराउने तनहुँका गुरुङ पक्राउ

तनहुँ । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोरोना संक्रमणबाट बुटवलमा थप २ जनाको मृत्यु

  • 45 minutes ago
कोरोना संक्रमणबाट बुटवलमा थप २ जनाको मृत्यु

बुटवल । कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नम्बर १७ मोतिपुरका ८१ वर्षीय वृद्ध रहेका छन् ।

नवरात्रको पाँचौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

  • 1 hour ago
नवरात्रको पाँचौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।



पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।