'खुसी छैन मन...'

  • शनिबार, ४ जेष्ठ, २०७६
  • 1 year ago
  • खेल

एजेन्सी । यो वर्ष सर्वाधिक चर्चामा रहे ब्राजिलियन स्टार नेयमार । बार्सिलोनामा छदाँ लियोनल मेस्सीको ओझलमा परेको महसुस गरेका यी खेलाडीले अन्ततः बार्सिलोना छोड्ने निर्णय गरे । बार्सिलोनाले नेयमारको वाइ आउट क्लब २२२ मिलियन युरो राखेको थियो । फ्रेन्च क्लब पिएसजीले उक्त रकम तिर्न आफु तयार रहेको बताएपछि बार्सिलोना एकपटक झस्किएको थियो ।

 

तर, नेयमारले बार्सिलोना छोड्ने मनस्थिति बनाएपछि क्लबले उनलाई रोक्न चाहेन । लिग सिजन सुरुवात हुनुअघि नै वाइ–आउट क्लज तिर्दै पिएसजीले नेयमारलाई अनुबन्ध गर्यो । यो ट्रान्सफरसँगै उनी विश्वकै महँगा खेलाडी समेत भए । केही वर्ष पिएसजीले विश्वका उत्कृष्ट खेलाडीहरु आफ्नो क्लबमा अनुबन्ध गर्दै आइरहेको छ । यसको पछिल्लो उदाहरण हुन् नेयमार । युरोपका प्रतिष्ठित उपाधि जित्ने उसको लक्ष्य रहेको छ । 

  

व्यवसायिक फुटबल खेलाडी नेयमार फरवार्ड लाइन वा विइगर दुवै स्थानबाट खेल्न सक्छन् । उनको पेश पनि उच्च रहेको छ । ब्राजिलको राष्ट्रिय टोली र हाल पिएसजी क्लबमा आवद्ध भएका उनलाई लालिगामा पनि राम्रै सफलता मिलेको थियो । सन् १९९२, ५ फ्रेबअरी, मोगी डास क्रुजेज, साओ पाउलोमा जन्मिएका नेयमार युथ टिम पोर्चुगुइसा सानिस्टाबाट खेल्न सुरु गरे । उनको ट्यालेन्ट देखेर सान्टोस एफसीले उनलाई आफ्नो क्लबमा ल्याउने मनसाय बनायो । तर, केही समय पश्चात नेयमारको परिवार नै सान्तोस सर्ने निर्णय गर्यो । अन्ततः नेयमार सन्तोस क्लबमा आवद्ध भए । 

 

१४ वर्षको कलिलो उमेरमा नेयमारले रियल मड्रिडको भ्रमण गर्ने मौका पाए । रियलबाट उनी फुटबल खेल्न चाहन्थे । तर, उनलाई बोनसको अफर गरेपछि सान्तोसमा नै रहने निर्णय गरे । उनले खेल्ने समय पनि अधिक पाउन थाले । यसले उनको खेल्ने शैलीलाई परिष्कृत गर्यो । 

 

मार्च ७, २००९ मा उनले ओस्टेविरुद्धको खेलमा डेब्यु गरे । उनी त्यतिखेर १७ वर्षका मात्र थिए । पहिलो सिजनमा उनलाई सबै गरेर ४८ वटा खेल खेल्ने मौका दिइयो । 

 

उनले उक्त सिजनको भरपुर उपयोग गर्दै क्लबका लागि १४ महत्वपुर्ण गोल गरे । 

 

सन् २०१० मा नेयमारको चर्चा तब चुलियो जब उनले १९ खेलमा १४ गोल गर्दै क्यामीपियोनेटो पोलिस्टा लिग उपाधि जिताउन महत्वपुर्ण भुमिका खेले । 

 

‘बेस्ट पर्फमेन्स’ दिएका कारण उनी त्यस सिजन लिगको उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल रहे । 

 

त्यसपछि उनलाई किन्न विश्वका चर्चित र धनी क्लबहरु लागि नै परे । तर, सान्तोसले उनलाई रोकेर राख्यो । उनलाई दिने सेवा सुविधामा ५० प्रतिशत वृद्धि गरियो । युरोपियन क्लबले दिने सुविधा उनले पाउन थाले । 

 

सन् २०११ मा पनि उनले क्लबलाई क्यामीपियोनेटो पोलिस्टा लिग उपाधि जिताउन सफल रहे भने फिफा क्लब वल्र्डको फाइनलमा समेत पुर्याउन सफल रहे । सन् २०११ मा उनको योगदानको कदर गर्दै उनलाई ‘साउथ अमेरिकन फुटबल अफ द इयर अवार्ड’ बाट सम्मानित गरियो । 

 

सन् २०१२ मा पनि पुन सोही अवार्डबाट उनी सम्मानति भए । 

 

२० वर्षको उमेरमा उनले क्लबका लागि १०० गोल गरे । हाल उनी ब्राजिलका नम्बर वन खेलाडी भएको र उनको कला कौशल उत्कृष्ट खेलाडीहरुमध्ये रहेको फुटबल पण्डितहरुको बताए । 

 

सन् २०१७, जुन २७ मा उनले बार्सिलोना जाने निर्णय गरे । पाँच वर्षको सम्झौता गर्दै ५७ मिलियन युरोमा उनी बार्सिलोना गए । युरोपियन उपाधिका लागि खेल्ने उनको सपना पुरा भयो । बार्सिलोनामा उनले लियोनल मेस्सी, एद्री इनिएष्टा, जाभी हर्नानडेज, पिक्यु जस्ता विश्वकै उत्कृष्ट खेलाडीको साथ पाए । 

 

सन् २०१० मा अमेरिकाविरुद्धको खेलमा नियमारले राष्ट्रिय टोलीबाट डेब्यु गरे । पहिलो खेलमा नै उनलाई सफलता मिल्यो । उनले २८ औ मिनेटमा सानदार गोल गरे । उनी राष्ट्रिय टोलीमा लगातार पहिलो रोजाइको खेलाडी बन्न पुगे । सन् २०१२ मा भएको ओलम्पिक खेलमा उनले राष्ट्रिय टोलीबाट तीन गोल गर्दै सिल्भर मेडल जिताउन सफल रहे । 

 

सन् २०१३ मा भएको कन्फेडेरेशन कपमा उनीमाथि ठुलो दबाब रह्यो । तर, उनले  आफ्नो जिम्मेवारी निकै राम्रोसँग बुझेका थिए । उनले उक्त कपमा चार गोल गरे । उनको खुसीको क्षण त्यतिखेर आयो जब उनले ‘गोल्डेन बल अवार्ड फर द बेस्ट प्लेयर’ को उपाधि जिते । 

 

आज उनी एक सफल खेलाडी बनिसकेका छन् तर खुसी हुन सकेका छैनन् । उनको अपेक्षा भनेको मेस्सी र रोनाल्डोले जितेको बेलोन डि’ओरको उपाधि जित्नु हो । बार्सिलोनामा रहँदा लियोनल मेस्सीको ओझेलमा परेको अनुभत गरेका उनले अन्तत पिएसजी जाने अन्तिम निर्णय गरेका थिए । पिएसजीमा आएपछि उनी खुसी हुन नसकेको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

उनी पिएसजीमा आएपछि घाइते पनि उत्तिकै भएका छन् । २१ खेलमा १८ गोल गरेका उनी तीन महिनाका लागि मैदान बाहिर रहेका थिए । पछिल्लो समय पिएसजीमा खुसी नभएका उनी रियल मड्रिड जाने हल्ला पनि उत्तिकै रहेको छ । यस सिजनको अन्त्यमा उनले आफ्नो भविष्य कुन क्लबमा देख्नेछन् सोही क्लबमा जाने समेत बताइएको छ । 

 

पिएसजी आउनु उनलाई निल्नु न ओकल्नु भएको मिडिया रिपोर्टमा उल्लेख छ । बार्सिलोना समेत फर्कन चाहेको खबर बाहिर आइरहँदा उनी भने मौन रहेका छन् । बार्सिलोनाले उनीबारे केही पनि बोल्न रुचाएको छैन । उनी आफ्नो निर्णयले बार्सिलोना छोडेका हुन्, बार्सिलोना छोडेपछि उनीसँग कुनै पनि संवाद नभएको बार्सिलोना प्रमुख बार्तेमोउले बताएका थिए । उनले पिएसजीमा आफ्नो मन खुसी नभएको बताएका थिए । 

 

पिएसजीलाई यस सिजन च्याम्पियन्स लिगको उपाधि जिताउने उनको लक्ष्य फेल खाएको भने उता बार्सिलोना पनि च्याम्पियन्स लिगमा असफल भएको छ । यी दुवै आधा अधुरा भएका छन् । यस सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने सपना देखेको बार्सिलोनालाई लिभरपुलले पाखा लगाएको थियो । केही समिक्षकहरुले बार्सिलोनाले नेयमारको अभाव खट्किएको बताएका छन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित गराउने तनहुँका गुरुङ पक्राउ

  • 30 minutes ago
अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित गराउने तनहुँका गुरुङ पक्राउ

तनहुँ । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोरोना संक्रमणबाट बुटवलमा थप २ जनाको मृत्यु

  • 52 minutes ago
कोरोना संक्रमणबाट बुटवलमा थप २ जनाको मृत्यु

बुटवल । कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नम्बर १७ मोतिपुरका ८१ वर्षीय वृद्ध रहेका छन् ।

नवरात्रको पाँचौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

  • 1 hour ago
नवरात्रको पाँचौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।



पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।