यसकारण नेयमारलाई कप्तान पदबाट हटाइयो

  • बुधबार, १५ जेष्ठ, २०७६
  • 1 year ago
  • खेल

एजेन्सी । ब्राजिलको राष्ट्रिय फुटबल टिमको कप्तान पदको जिम्मेवारीबाट नेयमारलाई हटाइएको छ । जुन १४ बाट ब्राजिलमै हुने लागेको ४६ औं संस्करणको कोपा अमेरिकाको लागि ब्राजिलले खेलाडीको सूची सार्वजनिक गर्दै कप्तानको जिम्मेवारी ३६ वर्षीय ड्यानी आल्भेसलाई दिएको हो । 

 

नेयमारले आठ महिना अघि मात्र ब्राजिलियन राष्ट्रिय टोलीको स्थायी कप्तानको जिम्मेवारी पाएका थिए । तर, पछिल्लो समयमा नेयमारले अनुशासनलाई कायम राख्न नसकेपछि उक्त जिम्मेवारी आल्भेसलाई दिइएको बताइएको छ ।

 

नेयमारको अनुशासनको बारेमा प्रशिक्षक टिटेले समेत आपत्ति जनाउँदै आएका थिए । नेयमार यही महिना फ्रान्सेली फुटबल संघको कारबाहीमा समेत परका थिए । फ्रेन्च कपको फाइनलमा रेनेससँग पराजित भएपछि उनले एक समर्थकमाथि मुक्का प्रहार गरेको भन्दै उनमाथि तीन खेलको प्रतिबन्ध समेत लागेको थियो । 

 

त्यस्तै, पीएसजीका सहकर्मीहरुसँग ड्रेसिङ रुममा लफडा परेको घटना पनि बाहिरिएको थियो भने सन् २०१८ को विश्वकपमा गरेको हर्कतको कारण उनले सार्वजनिक रुपमा माफी समेत माग्नु परेको थियो । 

 

आल्भेसले भने यसअघि चार पटक ब्राजिलको कप्तानको जिम्मेवारी निभाइसकेका छन् । सन् २०१८ को मार्चमा ब्राजिलले जर्मनीलाई १–० ले पराजित गर्दा उनी नै कप्तानको भूमिकामा रहेका थिए । अब उनी कोपा अमेरिकामा मात्र नभई कतार तथा होन्डुरससँगको मैत्रिपूर्ण खेलमा समेत कप्तानको भूमिकामा हुनेछन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

१५ किलो गाँजासहित दुई जना पक्राउ

  • 3 seconds ago
१५ किलो गाँजासहित दुई जना पक्राउ

सर्लाही । लागुऔषध गाँजासहित सर्लाही जिल्लाको लालबन्दीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

  • 33 minutes ago
डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित गराउने तनहुँका गुरुङ पक्राउ

  • 1 hour ago
अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित गराउने तनहुँका गुरुङ पक्राउ

तनहुँ । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।



पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।