‘चिबे नकटो’ हास्य–निबन्ध सार्वजनिक

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ। साहित्यकार लेखनाथ पोखरेलको ‘चिबे नकटो’ हास्य–निबन्ध सङ्ग्रह सार्वजनिक भएको छ। विविध शीर्षकमा २९ वटा हास्य–निबन्ध समेटिएको यस कृतिको सावित्री पोखरेलले प्रकाशनमा ल्यएकी हुन्। केही समयअघि ‘फकलीको गाउँ’ नियात्रा सङ्ग्रह र ‘मार्बल हाउसकी शालिनी’ कथा सङ्ग्रह सार्वजनिक गरिसकेका पोखरेलको ‘चिबे नकटो’ तेस्रो कृति हो। 

 

यस कृतिमा ‘हस् हाकिमसाब!, ‘प्रेत लेखक’, ‘भाउँतो पो आइलाग्यो’, ‘कुराउनीको कोसेली’, ‘भिँगटीको रेडियो’, ‘झँक्री बा’, ‘चिबे–नकटो’, ‘बाफरे बाफ!’, ‘भाइचा’, ‘आमाको माइतीघर’, ‘दशा बिग्रिएपछि!’, ‘दोषी सपना’ र ‘सुर्तीको फूर्ति’ ‘मेरो गुरु साह्रै सिपालु’, ‘वैशाखनन्दका कथा’, ‘म बुढो भएँ अरे!’, ‘रानीमत्ताको लेख’, ‘पुर्पुरोमा हात’, ‘सगोत्रीको मोह’, ‘प्रवृत्ति’, ‘म त ट्वाँ परेँ नि!’, ‘पण्डितजीको पटियाला पेग’, ‘अब बाजे भने फरक पर्दैन’, ‘साहेब ध्यानमा होइसिन्छ’, ‘नबल्झिएको च्याँखे’, ‘ब्योमवाला’, ‘टाइमपास’, ‘सम्पन नेपाली’ र ‘कोरोनाकाल’ जस्ता हास्य–निबन्ध सङ्कलित छन्। 

 

कृतिमा लेखकले आफ्ना बाल्यकालदेखि आजसम्म भोगेका तथा अनुभूत गरेका समाजका विकृति र विसङ्गतिलाई हास्यव्यङ्ग्यका मालामा उनेर कृति तयार पारेको वरिष्ठ साहित्यकार खेमनाथ दाहाल बताए। उनले भने, “प्रस्तुत कृतिमा समाजमा कतिपयले भन्न चाहेर, गर्न चाहेर पनि नसकेका विषयको प्रतिविम्ब भएको पाइन्छ। यो कृति जति हास्यव्यङ्ग्यले पूर्ण छ, त्यति नै बोधगम्य पनि छ। सरल तर गहन र सजीव लेखन पोखरेलको विशेषता हो।” 

 

समाजका विभिन्न घटना र पात्रको प्रत्यक्षदर्शी आफैँ बनेर लेखनलाई अगाडि बढाउने क्रममा हास्य–निबन्ध ‘चिबे नकटो’ कृति तयार भएको स्रष्टा पोखरेलले बताए। उनले यसअघिका कृतिजस्तै यो निबन्धले पनि पाठकको मन जित्नेमा आशा व्यक्त गर्दै कृतिमा भएका कमीकमजोरीलाई सुधार गर्न सुझाव र सल्लाह उपलब्ध गराइदिन पाठकसमक्ष आग्रह गरे।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

  • 3 hours ago
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।

नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

  • 3 hours ago
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।

माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

  • 5 hours ago
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन



पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।