निर्धन उत्थान लघुवित्त वित्तीय संस्था पनि एनपीएसमा आबद्ध
- बुधबार, ११ माघ, २०७९
- 1 month ago
- समाचार

काठमाडौँ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच भुक्तानीसम्बन्धी विषयमा सम्झौता भएको छ। नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी यी दुई संस्थाबीच सम्झौता भएको हो।
सम्झौता पत्रमा निर्धन उत्थान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।
सम्झौतासँगै निर्धन उत्थान लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडी नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ।
यस अन्तर्गत निर्धन उत्थान लघुवित्तले एनसीएचएल–आईपीएस र आरपीएस÷कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका करोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्ने संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
एसबिआई बैंकका ग्राहकलाई सिता प्यालेस होटेल तथा सिता प्यालेस होलिडे इनमा छुट
- 19 minutes ago

काठमाडौँ।नेपाल एसबिआई बैंक लिमिटेड र सिता प्यालेस होटेल वाग्मती तथा सिता प्यालेस होलिडे इन प्रा.लि. हरिवन सर्लाहीबीच विभिन्न सेवामा छुट सम्झौता भएको छ। उक्त सम्झौता प्रश्चात सिता प्यालेस होटल त
बागमती प्रदेशका एमालेका चार मन्त्रीद्वारा राजीनामा
- 21 minutes ago

हेटौँडा। बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिएका छन्। प्रदेशसभाको आजको बैठकमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा एमालेका तर्फबाट मन्त्री बन
राहुल गान्धीको सांसद पद खारेज
- 24 minutes ago

काठमाडौँ। भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ। मानहानीमा दुई वर्षको सजाय पाएका गान्धीको लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो। सुरतको एक अदालतल
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।