निर्मला हत्या प्रकरणमा संलग्न शंकास्पद दुईजना पक्राउ

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले अछामबाट शंकास्पद दुईजनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन।

 

कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा अछामबाट दुईजनालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ।

 

तर, कसलाई पक्राउ गरिएको र ती व्यक्ति को को हुन् भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन।

प्रहरी उच्च स्रोतका अनुसार यसअघि समेत अनुसन्धानका लागि पक्राउ गरेर ल्याइएका व्यक्तिको डीएनए जाँचका क्रममा म्याच नहुँदा निर्दोषलाई फसाउन खोजिएको भन्दै उल्टै प्रहरीको आलोचना भएपछि प्रहरीले यसबारेको सूचना गोप्य राखेको हो। प्रहरीले उनीहरूलाई राजधानी ल्याउने तयारी गरिरहेको छ।

 

केन्द्रीय प्रहरी प्रवक्ता उत्तमराज सुवेदीसँग सो विषयबारे बुझ्न खोज्दा उनले आफूलाई कुनै जानकारी नआएको बताए । ‘मलाई यसबारे केही जानकारी छैन,’ केन्द्रीय प्रवक्ता सुवेदीले भने।

 

यस्तै, कञ्चनपुरका डीएसपी ज्ञानबहादुर विष्टले समेत अछामको घटना भएकाले आफूलाई कुनै जानकारी नभएको जनाए। ‘मैले पनि त्यस्तै हल्ला सुनेको छु, अछामतिर बुझ्ने प्रयास गर्दै छु । तर, वास्तविकता के हो ? जानकारीमा आएको छैन,’ कञ्चनपुरका डीएसपी विष्टले भने।

 

यसअघि समेत अनुसन्धानका लागि पक्राउ गरेर ल्याइएका व्यक्तिको डीएनए जाँचका क्रममा म्याच नहुँदा निर्दोषलाई फसाउन खोजिएको भन्दै उल्टै प्रहरीको आलोचना भएपछि प्रहरीले सूचना गोप्य राखेको हो

 

स्रोतका अनुसार प्रहरीले उनीहरूलाई केही दिनअघि पक्राउ गरेको हो । पक्राउ गरेलगत्तै उनीहरूसँग ब्युरोले बयानसमेत लिइसकेको छ। बयानकै क्रममा थप शंका उब्जिएपछि उनीहरूलाई डीएनए जाँचका लागि र अन्य थप अनुसन्धानका लागि भन्दै राजधानी ल्याउन लागिएको हो।

 

पक्राउ परेका दुवैजना निर्मलाको हत्या भएको दिन (गत १० साउन)मा कञ्चनपुरमै रहेको र घटनालगत्तै उनीहरू अछाम गएको बताइएको छ। १० साउनमा साथीको घर जान भन्दै हिँडेकी निर्मलाको ११ साउनमा घर नजिकैको उखुबारीमा शव फेला परेको थियो। आजको राजधानी दैनिकबाट ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

  • 3 hours ago
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।

नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

  • 3 hours ago
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।

माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

  • 5 hours ago
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन



पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।