निर्मला हत्या प्रकरणः दोषी पत्ता लाग्नेमा विश्वस्त छैन परिवार
- आइतबार, १७ भदौ, २०७५
- 3 years ago
- समाचार

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका अभिभावक दोषी पत्ता लाग्नेमा आशंकित देखिएका छन् ।
भेट्न पुगेकी खानेपानी मन्त्री बिना मगरसामु उनीहरूले प्रहरीले दोहोर्याएर गरेको अनुसन्धान पनि प्रभावकारी नभएको गुनासो गरे ।
‘देशका सबै लागेर पनि त्यो अझै लुकेको छ, कति शक्तिशाली छ त्यो रु’ आमा दुर्गादेवीले प्रश्न गरिन् । प्रत्युत्तरमा मन्त्री मगरले दोषी खोजेरै छाड्ने आश्वासन दिइन ।
दुर्गादेवीका आँखा रसाइरहेका थिए ।यो देखेर मगरले पनि आँसु थाम्न सकिनन् । ‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु,’ उनले भनिन्, ‘छानबिन अघि बढेको छ, हिम्मत नहार्नुस् ।’
पहिलेको अनुसन्धानमा प्रहरी नै प्रमाण मेट्न संलग्न पाइएकाले अब पनि त्यस्तै हुने हो कि भन्ने शंका रहेको दुर्गादेवीले बताइन् ।
‘अहिले जताततै प्रमाण मेटिएको कुरा बाहिर आएको छ, तर प्रहरीले यसबारे अनुसन्धान अघि बढाएको देखिँदैन,’ उनले भनिन्, ‘प्रमाण मेटाउनेहरूमाथि पनि कारबाही होस, तब मात्र सही अनुसन्धान हुने आशा गर्न सकिन्छ ।’
घटनापछि भेट्न आएका मन्त्री, नेता र जनप्रतिनिधिले दोषी पत्ता लगाउन पहल गर्ने आश्वासन दिए पनि उनी विश्वस्त छैनन् । ‘दोस्रो पटक अनुसन्धान सुरु गरेकै १० दिन पुगिसक्यो, अझै केही पत्ता लागेको छैन,’ दुर्गाले भनिन् ।
मन्त्री मगरसँगै शनिबार प्रतिनिधिसभा सदस्यहरू दीपकप्रकाश भट्ट, निरु पाल र प्रदेशसभा सदस्य प्रकाश रावल पीडित परिवारलाई भेट्न पुगेका थिए ।
‘अहिले नेता आउने क्रम बढेको छ तर हाम्रा कुरा नसुनी फर्किन्छन्,’ स्थानीय रामचन्द्र शाहले भने, ‘सबै फोटो खिचाउन मात्र आएजस्तो गर्छन् ।’
शनिबार पनि स्थानीयले मन्त्री मगरसँग केही कुरा राख्न खोज्दा उनी हतार छ भन्दै निस्किइन् । जिल्ला प्रहरी कार्यालयले भने अनुसन्धान जारी रहेको जनाउँदै आएको छ ।
पक्राउ गरिएका बम दिदीबहिनीसँग बयान लिने काम भइरहेको डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।आजको कान्तिपुरबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीतः कमल थापा
- 9 hours ago
काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीत भएको टिप्पणी गरेका छन्। बिहीबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता थापाले विवाह गरेको भोलिपल्
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
- 9 hours ago
काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। बोर्डको लागि केसीको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता भएको हो। केसीलाई गत साउन ९ ग
ओलीकै नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी
- 10 hours ago

काठमाडौँ। नेकपा एमालेले मंसिर ४ मा हुने चुनावको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।
विचित्र विश्व
श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।