निर्मला हत्या प्रकरणः छानविन प्रतिवेदनमाथि नै प्रश्न, कति थरी छन् पोस्टमार्टम रिपोर्ट ?
- मंगलबार, २३ असोज, २०७५
- 3 years ago
- समाचार

काठमाडौं । निर्मला पन्त बलात्कार, तथा हत्या प्रकरणमा छानविन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले यसअघि नै मिडियामा आएका सुचना समेटेर सारसंग्रहवादी प्रतिवेदन तयार पारेको छ ।
समितिले छानविन होईन, सार्वजनिक सुचनालाई टिपोट मात्र गरेर प्रस्तुत गरेको देखिन्छ । छानविन समितिले ११ साउनमा महाकाली अञ्चल अस्पतालका डा. हरिकुमार श्रेष्ठसहित तीनजताको टोलीले शव पोस्टमार्टम गरेको उल्लेख गरेको छ ।
तर, प्राप्त पोस्टमार्टममा पाँचजना चिकित्सक संलग्न थिए । सो पोस्टमार्टम प्रतिवेदनमा डा. श्रेष्ठबाहेक डा. एमएन अन्सारी डा. सन्दीप कुमार, डा. धीरज जोशी र डा. सुदीप खनालको हस्ताक्षर छ ।
घटनाको १२ दिनपछि महेन्द्रनगर पुगेकी स्वतन्त्र अनुसन्धानता डा. ल्हामो शेर्पाका अनुसार उनले पनि तीनजना मात्र चिकित्सकको हस्ताक्षर रहेको पोस्टमार्टम प्रतिवेदन देखेकी थिईन् ।
मैले पोस्टमार्टमको हार्डकपी नै हेरेकी थिएँ, जसमा तीनजना चिकित्सकको मात्र हस्ताक्षर थियो । आजको नयाँ पत्रिकाबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली
- 2 hours ago

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत
- 2 hours ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!
- 4 hours ago

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।