Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपाकिस्तानमा सुरक्षा कारबाहीमा ९ जना सैनिक र पाँच जना आतङ्ककारीको मृत्यु

पाकिस्तानमा सुरक्षा कारबाहीमा ९ जना सैनिक र पाँच जना आतङ्ककारीको मृत्यु


एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको ग्यारिसन क्षेत्रमा बुधबार सेना र आतङ्ककारीबीच भएको भिडन्तमा नौ जना सैनिकको मृत्यु भएको सेनाले जनाएको छ ।

प्रान्तको झोब ग्यारिसनमा विभिन्न घातक हतियार बोकेका आतङ्ककारीको एक समूहले बुधबार बिहान लुकेर आक्रमण गर्दा सैनिक जवानले वीरगति प्राप्त गरेका सेनाको आन्तरिक सञ्चार तथा जनसम्पर्क कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सेनाले गरेको कारबाहीमा पाँच जना आतङ्ककारी पनि मारिएका छन् ।

पाकिस्तानी सेनाले सुरक्षा बल बलुचिस्तानसहित पाकिस्तानको शान्ति सुव्यवस्थामा खलल पार्ने शत्रुका सबै घृणित प्रयासलाई विफल पार्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा दुई जनजातिबीच जारी झडपमा परी मृत्यु हुनेको सङ्या १३ पुगेको छ । बुधबार थप दुई जनाको मृत्यु भएको हो । हालसम्म ७४ जना घाइते भएका छन् । कुर्रममा लगातार छैटौँ दिन पनि जारी झडपमा थप पाँच जना घाइते भएका दैनिक समाचारपत्र डनलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

जिल्लाको बोसेहरा डाँडर क्षेत्रमा गत साता झडप सुरु भएको हो । जातीय द्वन्द्व अहिले खार कल्ले, बलेशखेल, पेवार, गिदु, तेरी मेङ्गल, कर्मान पारा चम्कनी, मकबल, कुञ्ज अलिजाईलगायत जिल्लाका अन्य भागमा फैलिएको छ ।

हिंसात्मक झडपका कारण सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रका जनताले खाद्यान्न, औषधि र इन्धनको अभाव भोग्नुपरेको छ । शैक्षिक संस्था बन्द हुँदा जनजीवन प्रभावित भएको छ । कुर्रमका सहायतक कमिश्नर सैयद सैफुल इस्लाम शाहले जनजातिका अग्रजहरूसँग शान्ति बहाली तथा झडप रोक्ने सम्बन्धमा सहकार्यको प्रयास भइरहेको बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु

काठमाडौँ । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १ जना घाइते भएका

भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि भारतले मार्च ३१ सम्म प्याजको

आयरल्याण्डमा ३७ वर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने निश्चित

लण्डन । आयरल्याण्डमा ३७ वर्षीय युवा नेता सिमोन ह्यारिस प्रधानमनत्री बन्ने भएका छन् । सत्तारुढ दल ‘फाइन गेल’को नयाँ नेता

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो

काठमाडौँ । रुसको राजधानी मस्कोको मस्को कन्सर्ट हल आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । बन्दुकधारीहरुको गोलावारीका क्रममा लागेको

दिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार

काठमाडौँ । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली रक्सीः घोटाला प्रकरणमा त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । उनी

भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त

काठमाडौँ । भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआन कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा

Techie IT