रहस्यमय बन्दै निर्मला पन्तको हत्या प्रकरण
- बिहीबार, २८ भदौ, २०७५
- 3 years ago
- समाचार

काठमाडौं । कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया वालिका निर्मला पन्तको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ ।
प्रहरीद्धारा निर्दोष व्यक्तिलाई दोषीका रुपमा पस्कनु र छानविन समितीका सदस्यले एकाएक राजिनामा दिएर पुनः काममा फर्किनुले घटना रहस्यमय बन्दै गएको छ ।
जिल्ला अदालत कञ्चनपुरले प्रहरीद्धारा घटनामा दोषी भनिएका दिलिपसिंह विष्ट साधारण तारेखमा रिहा भइसकेका छन् । निर्मलाको डीएनएको प्रोफाइल र दिलीपसिंहको डीएनएको प्रोफाइल नमिलेपछि विष्ट साधारण तारेखमा छुटेका हुन् ।
मानसिक सन्तुलनसमेत गुमाएका विष्टलाई पन्तको वलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले गत ४ भदौमा घटनास्थलनजिकैबाट पक्राउ गरेको थियो ।
वास्तविक अपराधी जोगाउन नक्कली प्रमाण बनाएर विष्टलाई फसाउन खोजिएको भन्दै स्थानीयले विरोध गरेका थिए । अपराधीलाई कारवाही गर्न ब्यापक जनदवाव बढेपछि गृहमन्त्रालयले तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्वन गरेको थियो । महेन्द्रनगरमा भएको आन्दोलनमा शनि खुनाको मृत्यु भएको थियो भने केही प्रदर्शनकारी घाइते भएका थिए ।
यस्तै, निर्मला पन्त हत्या सन्दर्भमा अनुसन्धानका लागि गठन भएको उच्चस्तरीय छानबिन समितिका सदस्य बीरेन्द्रबहादुर केसी पुनः छानविन समितिमा फर्किनुभएको छ । उहाँले पत्रकार सम्मेलन गरी आफु घटनाको अनुसन्धान गर्दा असुरक्षित महसुस भएको भन्दै समितिको सदस्यबाट राजिनामा दिनुभएको थियो ।
यद्यपी वुधबार गृहमन्त्री राम बहादुर थापा बादलसँगको छलफलपछि आफू छानविन समितिमा पुनः फर्किएको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ ।
७ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव रहनुभएका केसीले केही असमझदारीका कारण आफूले राजीनामा दिएको र ती असमझदारी हटेकाले आफू काममा फर्केको बताउनुभयो । घटनाका दोषीलाई कारवाही गर्नुपर्ने आफ्नो धारणामा गृहमन्त्री रामबहादुर थापाको समेत साथ पाएको उहाँले बताउनुभएको छ ।
विज्ञप्तीमा भनिएको छ– ‘गृह मन्त्रालय, उच्च स्तरीय छानविन समितिका संयोजक सहित भएको छलफलबाट उक्त घटनाको सन्दर्भमा मन्त्रालय र मेरो समेत वास्तविक दोषि पत्ता लगाई कारवाही ल्याउने उद्धेश्यमा एकमत भएकाले राष्ट्रसेवकको रुपमा मलाई प्राप्त अवसर तथा कार्य जिम्मेवारीबाट अलग रहेर भन्दा समितिमा यथावत रही काममा फर्किनेछुं ।’
उहाँले गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्मलाको हत्या प्रकरणमा अव निष्पक्ष रुपमा छानविन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्मला पन्तको हत्या र त्यसपछि भएको आन्दोलनमा प्रहरीले चलाएको गोलीकाण्डबारे छानविन गर्न सरकारले गृहमन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानविन समिति बनाएको थियो ।
प्रदेश नम्वर ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका केसी सो छानविन समितिका सदस्य हुनुहुन्छ । समितीले घटनामा प्रहरीको कमजोरी भएको निष्कर्ष निकालेपनि अझै प्रतिवेदन लेखि सकिएको छैन ।
यसैविच, वास्तविक अपराधी पक्राउ गर्नेमा शंका उत्पन्न भएको भन्दै निर्मलाका वुवा÷आमा सरकारलाई दबाव दिन काठमाडौं आउनुभएको छ । आजको नेपाल समाचारपत्रबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली
- 3 hours ago

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत
- 3 hours ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!
- 5 hours ago

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।