अन्तिम इच्छाबारे सोध्दा किन मौन छन् निर्भयाका दोषीहरु ?

एजेन्सी । फ्रेवअरी १, २०२० को शनिबार बिहान निर्भयाका चार जना दोषी अक्षय, विनय, मुकेह र पवनलाई फाँसीको सजाय हुँदैछ । शनिबार बिहान ६ बजे उनीहरुलाई फाँसी दिइने बताइएको छ । 

 

२२ जनवरीमा दिने भनिएको फाँसीको सजाय प्राविधिक कारण सारिएको थियो । उनीहरुलाई तिहाड जेलमा राखिएको छ । मिडिया रिपोर्टका अनुसार उनीहरुलाई आफ्नो अन्तिम इच्छा बताउन समेत भनिएको छ । तर, हालसम्म पनि उनीहरुले आफ्नो इच्छा नबताएको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

उनीहरुलाई तिहाड जेलभित्र नै फाँसी दिइने बताइएको छ । तिहाड जेलले उनीहरुको परिवारलाई पत्र पठाएको बताइएको छ । 

 

उनीहरुको अन्तिम इच्छा पुरा गर्न जेल तयार रहेको तर, उनीहरु मौन रहेको बताइएको छ । आफ्नो नाममा रहेको सम्पत्ति अन्य व्यक्तिको नाममा हस्तानतरण गर्न सकिने, धार्मिक किताब पढ्ने सक्ने वा परिवारमा रहेका केही कुराहरुबारे जानकारी गराउन सकिने भन्दै जेलले उनीहरुलाई मौका दिएको थियो । 

 

तर, उनीहरु मौन रहेका कारण अन्तिम इच्छाबारे जानकारी नभएको जेल अधिकारीहरुले बताएका छन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 20 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कस्तो रहला आज दिनभरको मौसम ?

  • 51 minutes ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अगुइरो २ महिना मैदान बाहिर

  • 57 minutes ago
अगुइरो २ महिना मैदान बाहिर

एजेन्सी । म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरो दुई महिना मैदान बाहिर रहने भएका छन् ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।