निशानको पीडादायी वियोगले गाउँमा रुवाबासी, ७२ वर्षीय हजुरबुवा बेहोस
- मंगलबार, २२ साउन, २०७५
- 4 years ago
- समाचार
चौतारा । काठमाडौको काँडाघारीबाट आइतबार अपहरणमा गरी हत्या गरिएका ११ वर्षीय निशान खड्काको गाउँमा रुवाबासी चलेको छ । सामाजिक सञ्जालबाट निशान हत्याको जानकारी पाएपछि मेलम्ची नगरपालिका–९, दोबाटे रातमाटास्थित परिवार र आफन्तजन शोकमा डुबेका हुन् ।
सामान्य आर्थिक अवस्थाका माहिला छोरा गणेशका एक मात्र छोराको खबरले ७२ वर्षीय हजुरबुबा दुर्गाबहादुर सोमबार साँझसम्म पनि होसमा आउन सकेका छैनन् ।
‘फेसबुकबाट निशानको हत्या भएको खबर पाएदेखि नै ससुरा अर्धचेत अवस्थामा हुनुहुन्छ’, निशानकी कान्छी काकी मुना खड्काले रुन्चे स्वरमा टेलिफोनमा भनिन्, ‘खबर पाएदेखि नै घरमा कसैको आँखा ओभानो छैन ।’
निशान गाउँ आएका बेला सँगै खेलेका ठुलो बुबा र कान्छोबुवाका छोराछोरी समेत निशानको पीडादायी वियोगमा शोकाकुल रहेको स्थानीय शिक्षक जनक अधिकारीले बताए ।
‘चमेलीको छोराको हत्या भएको भनेर फेसबुमा आको छ भनेर गाउँमा हल्ला भयो पछि फोटो हेर्दा हो रहेछ’, मुनाले भनिन्, ‘बिनाकारण निर्दोष बालकको ज्यान गयो ।’
बाबु गणेश विदेशमा
रातमाटास्थित निशानको परिवारमा अहिले हजुरबुबा, निशानका ठुलोबा ठुलीआमा र काकी मुनाका साथमा उनीहरुका छोराछोरी छन् । निशानको हजुरआमाको २०७२ सालमै मृत्यु भइसकेको छ । मलेशिया रहेका गणेश फागुनमा ४० दिनको छुट्टीमा आएर चैत १३ गते मेलेशिया उडेका थिए ।
मुनाका श्रीमान गुणबहादुर दाजु गणेशसँगै मलेशियामा छन् । ‘मैले श्रीमानलाई फोन गर्दासम्म पनि मलेशियामा जेठाजुलाई थाहा रहेनछ’, मुनाले भनिन्, ‘उहाँले थाहा पाउनु भएको रहेछ, तर कसरी दाइलाइ भन्ने भन्नुहुँदै थियो ।’
गए एक्ला छोरा
निशान गणेश चमेली दम्पतीका एक्लो छोरा हुन् । उनका १६ र १४ वर्षका दुई दिदी छन् । दसैंपछि बैशाखको छुट्टीमा अन्तिम पटक गाउँ आएका निशान चकचके र चन्चले स्वभावको भएको मुनाले बताइन् ।
‘नहुनलाई रहेछ बिर्सनै नसक्ने चकचक गर्थ्यो, मुनाले स्मरण गरिन्, ‘जति चकचके भएपनि हामी सबैसँग झ्यामिन्थ्यो, उसको त्यतिबेलाको व्यवहार अहिले पनि आँखामा घुमिरहेको छ ।’
निशान हत्याको खबरले स्तव्ध छिमेकी सबै दुर्गाबहादुरको घरमा जम्मा भएर समवेदना दिइरहेका छन् । स्थानीयका अनुसार सबैले सम्झाउँदा पनि दुर्गाबहादुर र उनका परिवारका सदस्यको मन बुझाउन सकिरहेका छैनन् । आजको अन्नपूर्ण पोस्ट्बाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली
- 3 hours ago

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत
- 3 hours ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!
- 5 hours ago

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।