छ्यापछ्याप्ती प्रहरी परिचालन गर्दा अपहरणकारी तर्सिएर निशानको हत्या !
- शुक्रबार, २५ साउन, २०७५
- 4 years ago
- समाचार

काठमाडौं । निशान खड्का अपहरणमा परेको सूचना पाउनेबित्तिकै प्रहरीका दुई निकाय महानगरीय प्रहरी परिसर र अपराध महाशाखाले काँडाघारी पुगेर अनुसन्धान थाले। निशानकी आमा चमेलीको चित्कार एउटै थियो, ‘मेरो बाबु तिमी कहाँ छौ ?’ प्रहरीमा सवा नौ बजे मात्रै निशान अपहरणमा परेको र फिरौती मागेको सूचना पुगेको थियो।
तत्कालीन अवस्थामा चमेलीलाई गोप्य ठाउँमा लगेर संयमसाथ सम्झाइबुझाइ गर्ने र अपहरणकारीले गरेका फिरौती सन्देशबारे सोधपुछ गर्नुपथ्र्यो। तर आइतबार राति त्यो भएन। एकै पटक हुलुका हुल प्रहरी काँडाघारी क्षेत्रमा परिचालन गरियो।
सुरक्षा विज्ञहरूका अनुसार संवेदनशील घटनामा अपरेसन चलाउँदा अति गोप्य रूपमा प्रहरी परिचालन हुनुपर्ने समान्य सिद्धान्तसमेत पालना नभएको देखिन्छ। अपहरणकारीसँग चमेलीलाई नै फिरौतीको ‘बार्गेनिङ’ गर्न लगाएर प्रहरीले गोप्य रूपमा ‘कोर्भट अपरेसन’ चलाउनुपर्नेमा छ्यापछ्याप्ती प्रहरी परिचालन गर्दा अपहरणकारी तर्सिएर प्रमाण लुकाउन निशानको हत्या गर्न पुगेको विज्ञको बुझाइ छ।
नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) राजेन्द्र सिंह भण्डारीले निशान अपहरणको घटनामा रणनीतिक अपरेसनमा प्रहरी चुकेको बताए। त्यस्ता घटनामा पहिला जिम्मेवार प्रहरी अधिकारी पुगेर सत्यतथ्य पत्ता लगाएर पीडित परिवारलाई हुलबाट बाहिर निकाली अपहरणकारीसँगै वार्ता गर्न लगाएर बार्गेनिङ गर्नुपर्ने भण्डारीको भनाइ छ। ‘यो घटनामा सुरुमै रणनीतिक अपरेसनमा प्रहरी चुकेको छ’, उनले भने, ‘संवेदनशील घटनामा एकै पटक प्रहरीको फौज तैनाथ गर्दा त्यसले उल्टो प्रतिक्रिया दिन्छ भन्ने विषयमा प्रहरी चुकेको देखियो।’ प्रहरी संगठन स्रोतसाधनयुक्त नभएका कारण छिट्टै निर्णय गरेर अपरेसन चलाउँदा त्यो पूर्ण नहुने र गलत रिजल्ट आउने गरेको विभिन्न घटनाक्रमले देखाएको उनको भनाइ छ। आजको अन्नपूर्ण पोस्ट्बाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली
- 3 hours ago

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत
- 3 hours ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!
- 5 hours ago

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।