यो वर्षको नोबेल शान्ति पुरस्कार डिसेम्बरमै गर्ने तयारी

एजेन्सी ।  सन् २०२० को नोबेल शान्ति पुरस्कार वितरण समारोह यस वर्ष डिसेम्बर १० का दिन नर्वेको ओस्लो सभागृहमै गर्ने तयारी आयोजकहरुले गरेका छन्, तर कोरोनाभाइरस महामारीका कारण उक्त समारोहमा सीमित व्यक्तिहरुलाई मात्र आमन्त्रण गरिने भएको छ । 

 

नर्वेजियन नोबेल इन्स्टिच्यूटका निर्देशक ओलाभ नोल्स्टाडले धेरै कारणले यो वर्ष निकै अनौठो र चुनौतीपूर्ण रहेको जनाउँदै यस वर्षको पुरस्कार वितरणलाई पनि नयाँ ढंगबाट वितरण गर्नुको विकल्प नरहेको बताए । नर्वेको यस इन्स्टिच्यूटले नोबेल शान्ति पुरस्कारको घोषणा र वितरणको प्रबन्ध मिलाउने गर्दछ । 

 

भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्सा विज्ञान र साहित्य तथा अर्थशास्त्रतर्फका पुरस्कारको वितरण भने त्यही दिन अर्थात डिसेम्बर १० मै स्वीडेनको स्टकहोममा गरिनेछ । यी समारोहमा पनि सहभागी अतिथिहरुको संख्या ज्यादै न्यून हुनेछ ।

 

सन् १९०१ देखि नै यी पुरस्कारहरु अल्फ्रेड नोबेलको मृत्यु भएको दिनका दिन प्रदान गर्ने गरिएको छ । नोबेलको इच्छा बमोजिम नोबेल शान्ति पुरस्कार नर्वेको ओस्लोमा वितरण हुने गरेको छ । 

 

सन् १९४७ देखि १९९० सम्म नोबेल शान्ति पुरस्कार ओस्लो विश्वविद्यालयको प्रेक्षागृहमा आयोजना हुँदै आएको थियो । तर तीस वर्षअघिदेखि यो समारोह नगर प्रेक्षागृहमा आयोजना हुन थालेको छ जहाँ एक हजार अतिथिहरु सहभागी हुन सक्छन् । यस वर्ष यहाँ १०० जनामात्र सहभागी बोलाइँदैछ । 

 

यस वर्ष सन् २०२० को नोबेल शान्ति पुरस्कारको घोषणा आगामी अक्टोबर ९ मा गरिँदैछ । अन्य पुरस्कारहरु भने अक्टोबर ५ देखि १२ बीचमा हुनेछन् । शान्तितर्फ हालसम्म ३१८ जनाको नाम प्रस्ताव भएको छ जसमा २११ जना व्यक्ति र १०७ वटा संस्था रहेका छन् । 

 

नोबेल संस्थाले विगत ५० वर्षदेखि पुरस्कारका लागि प्रस्तावित व्यक्तिको नाम सार्वजनिक गरेको छैन । विभिन्न व्यक्ति एवं संस्थाले आफूखुशी नाम सार्वजनिक गर्ने प्रचलन बढ्दो छ । यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि स्वेडिस जलवायु कार्यकर्ता किशोरी ग्रेटा थन्बर्गको नाम चर्चामा छ ।   


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आइपिएलः राजस्थानले चेन्नईलाई ७ विकेटले हरायो

  • 5 minutes ago
आइपिएलः राजस्थानले चेन्नईलाई ७ विकेटले हरायो

एजेन्सी । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) १३ औं सस्करण अन्तर्ग को ३७ औं खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ ।

राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पताल बनाएपछि...

  • 13 minutes ago
राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पताल बनाएपछि...

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले खेल मैदानलाई पनि अस्पतालमा रुपान्तरण गरेको छ ।

'यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा बरु सिधै भनिदिनुस् सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेको छ'

  • 6 hours ago
'यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा बरु सिधै भनिदिनुस् सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेको छ'

काठमाडौँ । विश्वभर कोरोना महामारी रहेको छ । कोरोना संक्रमणका कारण कतिले अकालमा ज्यान गुमाइरहेका छन् भने कतिले उपचार समेत पाउन सकेका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गर्ने प्रेस



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।