यी व्यक्तिले किन बनाए चाउचाउको घर ?

एजेन्सी । हामी सबै चाउचाउ को प्रयोग खानको लागि गरिन्छ । तर चीनमा एक मानिसले यसको प्रयोग अन्य कार्यका लागि गरेका छन् । छिट्टै बाबु बन्न लागेका उनले चाउचाउको प्रयोग गर्दै एक सानो घर बनाएका छन् ।

 

 

हुनेवाला बच्चालाई उपहार दिनका लागि उनले यो घर निर्माण गरेका हुन् । झांग नाम गरेका उनले अचम्मको घर तयार गरेका छन् । यस प्लेहाउस बनाएपछि उनले तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनी चर्चामा आएका हुन् । उनका अनुसार म्याद नाघेका २ हजार चाउचाउको सहयोगले यस घर निर्माण गरेका हुन् ।

 

 

सामान्यतया घर निर्माण गर्न इटा तथा ढुङ्गाको प्रयोग गरिन्छ तर झांगले चाउचाउलाई नै इटा जसरी प्रयोग गर्दै घर बनाएका हुन् । ४ स्क्वायर मिटरको क्षेत्रमा फैलिएको यस घरमा एक खाट पनि राखिएको छ । उक्त खाटमा एक वयस्क मानिस राम्रोसँग आरामले सुत्न सक्छ । घरमा बत्तीपनि जोडिएको छ । यतिमात्र नभई उनले घरमा झ्याल समेत राखेका छन् ।

 

 

झांगका अनुसार उनको एक साथी चाउचाउका होलसेलर रहेका छन् । उक्त साथीको पसलमा म्याद नाघेका थुप्रै चाउचाउ रहेका थिए जसलाई ती साथी फ्याँक्न चाहन्थे तर झांगले उनलाई राक्दै चाउचाउबाट घर निर्माण गरे । उनको कतै समर्थन भएको छ भने कसैले म्याद नाघेको चाउचाउ गल्तीले कुनै बच्चाले खाएमा समस्या पर्न सक्ने र खराब, सडेका चाउचाउबाट विभिन्न किराहरु र बिमारी निम्त्याउने किटाणुहरु हुन सक्ने भन्दै आलोचना समेत गरेका छन् । 

 


थप समाचार

पर्सामा थप २२ जनामा कारोना संक्रमण पुष्टि

  • 5 minutes ago
पर्सामा थप २२ जनामा कारोना संक्रमण पुष्टि

पर्सा। पर्सामा थप २२ जनामा कारोना संक्रमण पुष्टि भएको छ । ६ जना महिलासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

  • 18 minutes ago
बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिएका छन् । केन्द्रीय विभागका प्रमख भने यसअघि नै मनोनयन गर

एकै दिनमा नेपाललाई १७ विधामा १० फरक वल्र्ड रेकर्ड

  • 26 minutes ago
एकै दिनमा नेपाललाई १७ विधामा १० फरक वल्र्ड रेकर्ड

काठमाडौँ । नेपाली गीत सँगीतबाट फेरी एउटा ईतिहाँस कायम भएको छ । यो इतिहाँस नेपालका लागि मात्र नभएर विश्वका लागि गीतकार डा. डि आर उपाध्यायले कायम गरेका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।