यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु
- बिहीबार, ८ फागुन, २०७६
- 2 years ago
- विचित्र विश्व

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।
उत्तर कोरियाका करिब ३ हजारभन्दा बढी कामदारहरु सन् २०२२ मा कतारमा हुने विश्वकप खेलको पुर्वाधार निर्माणका लागि खटिरहेका छन् ।
सन् २०२२ का लागि जब फिफाले कतारलाई विश्वकप आयोजना गर्ने अनुमति दियो तब ठुलो संख्यामा कामदारहरु कतार पसे । यसले अतिवाद र आतंकवादलाई सहयोग पुर्याउने काम गरेको छ ।
दोहाले उत्तर कोरियाका कामदारहरुलाई लुसेल सिटीमा काम गर्न अनुमित दिइरहेको छ । यो क्षेत्र विश्वकप खेल खेलाइने क्षेत्रमा पर्दछ ।
कतार–उत्तर कोरिया कनेक्सनको सुरुवात ९–११, र चरम गतिविधि २००३ देखि हालसम्म चलिरहेको छ । उत्तर कोरियाका कामदाहरु उत्तर कोरियामा नै रहेका स्थानिय कस्ट्रक्सन कम्पनीहरु मार्फत कोरिया जाने गरेका छन् । सुठो कन्स्ट्रक्सन, गनपियोङ कन्स्ट्रक्सन, नामग्याङ कन्स्ट्रक्सन र गेन्को कम्पनीहरु रहेका छन् ।
यो सबै मिलाउने काम उत्तर कोरियको विदेश निर्माण ब्युरोले गर्ने गर्छ । उत्तर कोरियाले आफ्ना सेनाहरु समेत कतार कामदारका रुपमा पठाउने र आएको रकम प्योङयाङका सेनाहरुमा खर्च गर्छ ।
सन् २००३ मा गनमियोङ र सुडोले कतारमा पहिलो सडक निर्माण गरेका थिए । यसलाई पछ्याउँदै सन् २०१० मा गेन्कोले निर्माण गरेको थियो ।
उत्तर कोरियाबाट कतारका लागि छनोट भएका कामदारहरुको संख्या ३ हजार हाराहारीमा रहेको र उनीहरुलाई भवन निर्माण कार्यमा लगाइएको छ । किन उत्तर कोरियाका कामदारहरु कतारलाई सन् २०२२ को विश्वकप आयोजना गर्ने अनुमति पाउनुभन्दा अगाडि नै कतारमा रहेका थिए ।
यसले कतार र प्योङयाङबीच बलियो सम्बन्ध रहेको देखाउँछ ।
उत्तर कोरियाका कामदारहरु विदेशी मुद्रा कमाउने ठुलो आशमा कतार आएका हुन्छन् । तर फर्कनले बेलामा विभिन्न कारण उनीहरुसँग तलबको १० प्रतिशतमात्र पाउने गर्छन् भने कतिले तलब पनि पाउँदैनन् ।
कतारमा काम गर्दै आइरहेका एक उत्तर कोरियाका कामदारले भनेका छन्,‘हामी यहाँ आफ्नो देशका लागि पैसा कमाउन आएका हौ ।’
दोहाको काफाला नियम अनुसार उत्तर कोरियाका कामदारहरुको काम सकिए पनि उनीहरुले देश छोड्न पाउँदैनन् । उनीहरु अरु नै काम गरेर बस्नुपर्ने हुन्छ । प्योङयाङलाई पैसा जुटाउन उनीहरुले जस्तो काम गर्न पनि तत्परा देखाउनु पर्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा
- 4 hours ago

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै
- 4 hours ago

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट
- 5 hours ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।