उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण,आठ लाख उत्तर कोरियाली सेनामा भर्ती हुँदै
- आइतबार, ५ चैत, २०७९
- 1 week ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । उत्तर कोरियाले आज पनि छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । एक साताको अवधिमा प्योङयाङले गरेको यो चौथो क्षेप्यास्त्र प्रक्षेपण हो ।
दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ । अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासलार्य उत्तरले आफूमाथि हुने आक्रमणको पूर्वाभ्यासका रूपमा लिएको छ ।
पछिल्लो समयमा वासिङ्टन र सोलले उत्तरबाट बढ्दो सैन्य र आणविक जोखिमलाई दृष्टिगत गरी पारस्परिक सहयोगलाई घनीभूत बनाउँदै आएका छन् । उत्तर कोरियाले पनि नियमित रूपमा प्रतिबन्धित हतियार परीक्षणको शृङ्खलालाई जारी राखेको छ ।
दक्षिण कोरियाको सेनाले उत्तरी प्योन्गान प्रान्तको टोङचाङरी क्षेत्रबाट पूर्वी सागरतर्फ प्योङयाङले आज बिहान छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको बताएको छ । दक्षिण कोरियाली सेनाका अनुसार उक्त क्षेप्यास्त्र आठ सय किलोमिटर परसम्म उडेको थियो । सोलले आजको प्रक्षेपणलाई गम्भीर उत्तेजना तथा राष्ट्रसङ्घीय प्रतिबन्धहरूको उल्लङ्घन भनेको छ ।
अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डले पनि प्रक्षेपणको निन्दा गरेको छ । जापानले पनि उक्त परीक्षणको निन्दा गरेको छ । टोकियोले बेइजिङस्थि आफ्नो दूतावासमार्फत उत्तर कोरियाको विरोध गरेको जापानका उपरक्षामन्त्री ताशिरो इनोले पत्रकारहरूलाई बताएका छन् ।
उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले अमेरिकी साम्राज्यवादविरुद्ध राष्ट्रिय सेनामा स्वेच्छाले भर्ती हुन आठ लाखभन्दा बढी युवाले इच्छा व्यक्त गरेको भोलिपल्ट क्षेप्यास्त्र परीक्षण भएको जनाएको छ । देशको रक्षाका खातिर आफूहरू सेनामा सेवा गर्न तयार रहेको उनीहरूले बताएका छन् ।
बारम्बार छोटो तथा लमो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको सुरक्षा विश्लेषकहरूले बताएका छन् । उत्तर कोरियाले आज गरेको प्रक्षेपणबाट टोकियो, सोल र वासिङ्टनबीचको सहकार्यलाई अझ सुदृढ बनाउने उनीहरूको तर्क छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले यो महिनाको प्रारम्भमा वास्तविक युद्धका लागि तयारी गर्न तथा सैन्य अभ्यास तीव्र तुल्याउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको थियो । प्योङयाङले अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासलाई आफूमाथिको आक्रमाण्को पूर्वाभ्यासका रूपमा लिएको छ भने त्यसको प्रतिकार गर्ने चेतावनी बारम्बार दिँदै आएको छ । साथै उसले बढ्दो सैन्य तनावको दुष्चक्रलाई रोक्न अमेरिका–दक्षिण कोरिया संयुक्त अभ्यासलाई रोकिनुपर्ने माग गरेको छ ।
अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा केही दिन अघि पनि उत्तर कोरियाले पनडुब्बीबाट दुई वटा रणनीतिक क्रुज मिसाइल प्रक्षेपण गरेको थियो ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको कार्यालयले उत्तर कोरियाले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको छ । साथै उसले उत्तरको निन्दा गरेको छ । आर्थिक समस्या र खाद्यान्न समस्याबाट गुज्रिएको प्योङयाङले आणविक हतियार विकासलाई तीव्र गतिमा अघि बढाएर अन्तरराष्ट्रिय प्रतिबन्ध निम्त्याएको टिप्पणी दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले गरेको छ ।
कोरिया वर्कर्स पार्टीका महासचिव किम जोङ उनले हालै प्योङयाङमा भएको पार्टीको विस्तारित केन्द्रीय समितिको पूर्ण बैठकमा राष्ट्रिय आर्थिक विकासको लागि अन्न उत्पादनलाई प्राथमिकतामा राख्दै आधुनिक कृषिकर्ममा जोड दिनुभएको थियो । उहाँले खाद्य सङ्कट सम्बोधनका निम्ति सिँचाइमा सुधार, कृषि उत्पादनको आधुनिकीकरण र विज्ञान तथा प्रविधिको विकास गरी कृषि विकासको दीर्घकालीन उद्देश्यमा पुग्न थप प्रयास गर्न आह्वान गर्नुभएको थियो ।
उत्तर कोरियाले आफ्नो शक्तिशाली क्षेप्यास्त्र भने आजसम्म प्रक्षेपण गरेको छैन । आफूलाई अपरिवर्तनीय आणविक शक्ति घोषणा गरेको उसले क्षेप्यास्त्र परीक्षणलाई आफ्नो अधिकार एवम् प्राथमिकता भन्दै आएको छ ।
उत्तर कोरियाको बढ्दो चुनौती सामान गर्न हालै सोल र टोकियोले विगतका विवाद बिर्सने सहमति गर्दै प्योङयाङका गतिविधिसम्बन्धी सूचना एकअर्काले आदान प्रदान गर्ने सम्झौता गरेका छन् । प्योङयाङको आणविक र क्षेप्यास्त्र कार्यक्रमसम्बन्धी गोप्य सूचना आदान प्रदान गर्नेबारेमा गत बिहीबार जापान र दक्षिण कोरियाबीच सहमति भएको हो ।
प्रतिरक्षा विश्लेषकहरूका अनुुसार उत्तर कोरियाले निरन्तर गरेको क्षेप्यास्त्र परीक्षणले लामो समयदेखिका प्रतिद्वन्द्वी जापान र दक्षिण कोरियालाई नजिक्याएको छ । बाह्रवर्षपछि दक्षिण कोरियाली राष्ट्रपतिले जापान भ्रमण गरेर उच्च नेतृत्वसँगको शिखर वार्तापछि सुरक्षा सहयोग बढाउने पारस्परिक सहमति गर्नु प्योङयाङकै देन भएको उनीहरूको टिप्पणी छ ।
राष्ट्रपति युनसँगको वार्तामा जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तरको सामना गर्न सोल र टोकियो एकजुट हुनुनपर्नेमा जोड दिनुभएको थियो । सोलसँगको सम्बन्ध बिग्रदा रोकिएको सुरक्षा सूचना आदानप्रदान अब पुनः शुरु हुनेछभने निलम्बित सुरक्षासम्बन्धी द्विदेशीय वार्ता पनि हुनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन
- 2 hours ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '
- 3 hours ago

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'
- 3 hours ago

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।