उत्तर काेरियामा खाद्य संकट, दशकयताकै न्युन खाद्य उत्पादन
- रासस
- बुधबार, २२ फागुन, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

सियोल । संयुक्तराष्ट्र सङ्घले उत्तर कोरियामा गत वर्ष खाद्य उत्पादनमा दशककै सबैभन्दा न्यून भएको जनाएको छ ।
प्राकृतिक प्रकोपका साथै खेतीयोग्य जमिनको अभाव तथा परम्परागत कृषिका कारण खाद्य उत्पादनमा व्यापक कमी आएको हो ।
अन्तर्राष्ट्रिय नाकाबन्दीका कारण आर्थिक रुपमा कमजोर बनेको उत्तर कोरियामा बर्सेनि चरम खाद्य सङ्कट हुने गरेको छ ।
राष्ट्रसङ्घका अनुसार गत वर्ष कोरियामा ४९ लाख ५० हजार टन खाद्यान्न मात्र उत्पादन भएको थियो । सन् २०१९ का लागि आवश्यक खाद्यान्नमध्ये अझै पाँच लाख टन अपुग हुनेछ ।
‘एक दशकमै यो सबैभन्दा न्यून उत्पादन हो’, राष्ट्रसङ्घका आवासीय संयोजक तापन मिश्रले बताए, ‘यसबाट खाद्यान्न आवश्यकतामा ठूलो अन्तर देखा परेको छ ।’
यसको परिणामस्वरुप उत्तर कोरियाका झण्डै एक करोड नागरिकलाई मानवीय सहायता आवश्यक परेको छ । गत वर्षभन्दा यस वर्ष ६ लाख बढी मानिसलाई मानवीय सहायता जरुरी हुनेछ ।
तत्काल सहयोग प्राप्त नभएमा कुपोषण र रोगको खतरा देखा पर्ने राष्ट्रसङ्घको भनाई छ । खाद्यान्न अभाव व्यहोर्ने यो कूल जनसंख्याको झण्डै ४३ प्रतिशत हो ।
राष्ट्रसङ्घीय सहयोग पनि अपर्याप्त देखिएको छ । मिश्रले गत वर्ष आग्रह गरिएको सहयोगमध्ये २४ प्रतिशत मात्र प्राप्त भएको जानकारी दिए । उनले मानवीय सहायताका कार्यहरुमा राजनीतिक पक्षलाई बेवास्ता गर्न दाताहरूलाई आग्रह गरेका छन् ।
कमजोर आर्थिक स्थिति रहेको उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय समुदायले सैनिक एवं आणविक हतियारका कार्यक्रममा मात्र केन्द्रित नहुन आग्रह गरिरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत हनोई शिखर वार्ता हुनुअघि पटकपटक आणविक कार्यक्रम रोके उत्तर कोरिया आर्थिक केन्द्र बन्न सक्ने बताउँदै आएका थिए ।
तर उत्तर कोरियाली नेता किम जोङ–अन र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको हनोई वार्ता भङ्ग भएसँगै उत्तर कोरियाका बारेमा अन्यौल देखिएको छ । केही अमेरिकी अनुसन्धान संस्थाहरुले उत्तर कोरियाले पुनः आणविक र क्षेप्यास्त्र कार्यक्रम सुरु गर्न लागेको दाबी गरेका छन् ।
अन्तरिक्षबाट खिचिएका तस्वीरहरुको विश्लेषण गर्दै उनीहरुले क्षेप्यास्त्र परीक्षण केन्द्रमा मानिसहरुको आउजाउ बढ्न थालेको बताएका छन् ।
उत्तर कोरियाको अधिकांश भूभाग हिमाली र विकट पहाडी छ । यहाँ करिब २० प्रतिशत भूभागमा मात्र खेतीबाली हुन्छ । उत्तर कोरियामा गत जुलाई र अगष्ट महिनामा तीव्र तातो हावा चलेको थियो ।
त्यसलगत्तै ठूलो वर्षा र बाढी आएको थियो । राष्ट्रसङ्घका अनुसार, मौसमी प्रतिकूलताका कारण धान र गहुँको उत्पादनमा १२ देखि १४ प्रतिशतले कमी आएको छ ।
साथै, उत्तर कोरियाको सोयाबिन उत्पादन ३९ प्रतिशत र आलुको उत्पादन ३४ प्रतिशतले घटेको छ । गत महिना प्योङयाङले यस वर्ष १४ लाख टन खाद्यान्न कमी हुने राष्ट्रसङ्घलाई जानकारी गराएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा
- 4 hours ago

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै
- 4 hours ago

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट
- 4 hours ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।