उत्तर कोरियाका बारेमा दक्षिण कोरिया र अमेरिबीच फेरि भेटवार्ता
- बुधबार, २९ फागुन, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

सियोल । दक्षिण कोरियाका एकजना उच्च अधिकारी उत्तर कोरियाका बारेमा “कार्य समूह” को बैठकका लागि बुधबार संयुक्तराज्य अमेरिका प्रस्थान गरेका छन् ।
कोरियाली विदेश मन्त्रालयका कोरिया शान्ति कार्यसम्बन्धी महानिर्देशक रिही दोङ–योलले उत्तर कोरियाका लागि अमेरिकी उपसहायक मन्त्री अलेक्स वोङसँग वासिङ्टन डिसीमा बिहीबार भेटवार्ता गर्नेछन् ।
उक्त भेटवार्तामा दुबै मुलुकका उत्तर कोरिया मामिलासँग सम्बन्धित अधिकारीहरु पनि सहभागी हुँदैछन् । गत महिनाको अन्त्यमा सम्पन्न हनोई वार्ता विफल भएपछि उत्तर कोरिया मामिलामा दक्षिण कोरिया र अमेरिकाका अधिकारीबीच पहिलो प्रत्यक्ष भेटवार्ता हुन लागेको हो ।
बैठकको मुख्य कार्यसूची उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रक्रियालाई कसरी पुनर्जीवित तुल्याउने भन्ने रहेको छ । साथै, उत्तर कोरियामाथि रहेका प्रतिबन्धहरुमा केही राहत दिने दक्षिण कोरियाको प्रस्तावमाथि पनि विचार विमर्श हुँदैछ । बैठकमा कोरियाली युद्धबाट अलग्गिएका उत्तर र दक्षिण कोरियाका परिवारबीच भिडियो मार्फत कुराकानी गराउने कार्यक्रममाथि पनि छलफल हुनेछ ।
बैठकमा अन्तर–कोरियाली आर्थिक सहयोगका कार्यक्रम अघि बढाउने, उत्तर कोरियास्थित काइसोङ औद्योगिक क्षेत्र पुनः सञ्चालन गर्ने तथा माउन्ट कुमगाङ पर्यटन कार्यक्रम सञ्चालन गर्ने बारेमा छलफल गर्ने योजना छ ।
तर बैठकमा वासिङ्टन र प्योङयाङबीच आणविक वार्ता भङ्ग भएका बारेमा छलफल नहुने सम्भावना छ ।
भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–अनले योङबीन आणविक केन्द्र बन्द गर्ने तर त्यस बापत आफ्नो देशमाथिका प्रतिबन्ध फुकुवा गर्नुपर्ने भनी राख्नुभएको प्रस्तावलाई अस्वीकृत गरेका थिए ।
दक्षिण कोरियाले राष्ट्रसङ्घको अगुवाईमा उत्तरमाथि लागेका प्रतिबन्धहरुलाई सम्मान गरी उत्तर कोरियालाई सीमित आर्थिक सहयोग गर्नेमा जोड दिँदै आएको छ ।
एउटा नयाँ प्रतिवेदन अनुसार, प्रतिबन्धको अनुगमन गरिरहेका राष्ट्रसङ्घका विज्ञहरुको एक प्यानलले उत्तर कोरियाको बामपन्थी सरकारले गैरकानुनी विधिमार्फत विश्वका कतिपय वित्तीय फर्महरुसँग पहुँच कायमै राखेको बताएका छन् । साथै, पेट्रोलियम पदार्थ र कोइलाको अबैध व्यापार यथावत छ ।
संयुक्तराज्य अमेरिकाले राष्ट्रसङ्घ सुरक्षा परिषदका प्रतिबन्धहरुलाई सबै देशले पूर्ण पालना गर्नुपर्ने बताउँदै आएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले प्योङयाङ र वासिङ्टनबीच मध्यस्थता गराउन प्रयत्नरत छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
दुई सय वर्ष पुरानो घर संरक्षण गरिँदै
- 17 minutes ago

गलेश्वर । झपक्कै फुलेका आँपका रुख । विभिन्न प्रजातिका फूल र हरियालीले छपक्कै सुन्दर बगैँचा । सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडालसमेत रहेका चिटिक्कका ढुङ्गेघर । आँखीझ्याल, फला
दुई ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु
- 18 minutes ago

धनुषामा दुई ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । शनिबार बिहान मिथिला नगरपालिका ३ हरिहरपुरमा ट्रक ठोकिँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको हो ।
चितवनका ३३ स्थानमा आगलागी, ६ जना घाइते
- 24 minutes ago

चितवन । जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरु घाइते भएका हुन् ।
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।