'उत्तर कोरियामा सर्वोच्च नेता बन्न एक विशेष वंशमा जन्मिएको हुनुपर्छ'
- सोमबार, ६ जेष्ठ, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । उत्तर कोरियामा सर्वोच्च नेता बन्न सबैको बसको कुरा होइन । यहाँ एक विशेष वंशमा जन्मिएको हुनुपर्छ । तथाकथित बेकडु बंशमा जन्मिने उत्तर कोरियाको शासक हुने गर्छन् ।
आधिकारिक रुपमा किम जोङ–उन बेकडु बंशमा पर्छन् ।
यो वंशबारे पुरानो भनाइ रहेको छ । चीन र उत्तर कोरियाबीच एक जाग्रत ज्वालमुखीसँग यो बंश जोडिएको छ । उत्तर कोरियामा पछिल्लो तीन सर्वोच्च शासक यसै वंशले गर्दै आइरहेको छ ।
यस ज्वालमुखी क्षेत्रलाई उत्तर कोरियादेखि दक्षिण कोरियासम्म पवित्र स्थल मानिन्छ । साथै दुवै देशका लागि यो क्षेत्र अध्यात्मिक महत्व राख्छ ।
जब उत्तर कोरियाका शासक किम जोङ उनले दक्षिण कोरियाको भ्रमण गरे तब यो ज्वालामुखीको चर्चा गरिएको थियो । दक्षिण कोरियाका राष्ट्रपति मुन–जे–इनले किम जोङ उनसँग यस पवित्र ठाउँमा जाने इच्छा व्यक्त गरेका थिए । त्यस्तैमा किमले भने,‘खराब बाटोका लागि म निकै लज्जा मानिरहेको छु ।’
उत्तर कोरियाका नेताका लागि यो स्वीकार गर्नु अति नै दुर्लभ थियो ।
भौगोलिक रुपमा सबैभन्दा महत्वपुर्ण छ बेकडु
चीनमा चंगबाइको नामले चर्चित यो पर्वतको उचाइ २७४४ मिटरको रहेको छ । यसलाई प्रायद्विपको सबैभन्दा उच्च पर्वत बनाउँछ ।
यो पर्वत भौगोलिक रुपमा पनि एकदमै महत्वपुर्ण रहेको छ । केही वर्ष अगाडि वैज्ञानिकहरुले यस ज्वालामुखीमा हुने विस्फोटबारे आकलन गर्दै जाँच गरेका थिए ।
उत्तर कोरियाको नेतृत्वमा नजर राख्ने संस्थाका निर्देशक माइकल मेडन भन्छन्,‘जहाँबाट पनि कोरियाका मानिसहरु उत्पति भएका छन् उनीहरुका लागि यो एतिहासिक ठाउँ हो ।’
बेकडु पर्वत उत्तर कोरियाईको कोट अफ आम्र्स तथा राष्ट्रगानको पहिला पेराग्राफमा पनि देखिन्छ ।
मेडनका अनुसार किम जोङ उन र उनको परिवार यो पर्वतसँग जोडिएको कारण यो पर्वत एक हिसाबले राष्ट्रिय पहिचान पनि हो ।
बेकडु र किमको कनेक्सन
यस ज्वालामुखीको पहिला किम जोङ उनका हजुरबुबा किम इल सुगबाट सुरु भएको थियो । उनले उत्तर कोरियामा साम्यवादी राष्ट्रको स्थापना गरेका थिए ।
मेडन यो सम्बन्धलाई स्थापित गर्दै भन्छन् किम इल सुंगले बेकडु पर्वतमा नै जापानी साम्राज्यवादी ताकतविरुद्ध गुरिल्ला युद्ध गरेका थिए । जब कोरियामा जापानले कब्जा गरेको थियो ।
यो मिथक सुरुवात भयो र यस पछाडि किम जोङ इलको समयमा यो भ्रम बढाउन थालियो ।
किम जोङ इलको आधिकारिक आत्मकथा ‘डियर लिडर’ मा उनले बेकडु पर्वतस्थित कोरियाइ क्याम्पमा जन्मिएको कुरा रहेको छ ।
तर, धेरै पश्चिमी र दक्षिणी कोरियाई विशेषज्ञ भने यो कुरालाई विश्वास गर्दैनन् ।
उत्तर कोरियाका बाहिर किम जोङ इल साइबेरियाको सोबियत मिलिट्रीमा जन्मिएको र उनी निर्वासित जीवन बिताउँदै कोरियाई मानिसहरुको नेतृत्व गरेको बताउँछन् ।
मेडनका अनुसार सन् २०११ पश्चात जब किम जोङ उनले शासन सत्ता सम्हाले तब केही कुराहरु बदलिएका थिए । उत्तर कोरियाका सर्वोच्च नेता हुन् तर उनका पिता र हजुरबुबाले जुन पर्सनालिटी कल्ट हुने गथ्र्यो, उनको आसपास त्यति आक्रामकका साथ गडेको भने थिएन ।
‘प्योङयाङको हरेक भित्तामा तथा ढोकामा किम इल सुग र किम जोङ इलका तस्बिरहरु छन् तर किम जोङ उनको भने हालसम्म आधिकारिक तस्बिर छैन ।’
तर, किम पनि सोही बंशबाट आएको दाबी भने गरिन्छ । मेडनका अनुसार आधिकारिक रुपमा यसबारे भने कतै पनि खुलाइएको छैन, तर, किम इल सुंग र किम जोग इल दोस्रो परिवारबाट भएको खुलाइएको छ ।
डियर लीडर भनिने किम जोग इलका किम जोङ उनकी आमा को योग हे बाहेक अन्य श्रीमतीहरुबाट पनि बच्चा भएको बताइन्छ ।
सन् २०१७ मा मलेसयाको क्वालमपुरको एयरपोर्टमा एजेन्टबाट मारिएका किम जोङ नाम यस्तै बच्चा भएको बताइन्छ ।
किम जोङ उन बेकडु पर्वतसँग जोडिएका कारण पनि उनी वैधानिक रुपमा उत्तर कोरियाको शासक भएको बताइन्छ ।
त्यस्तै उनकी बहिनी किम सुल सोग पनि यसै परिवारको मानिन्छ ।
तर, किम जोङ उनले यस कुराको पुष्टि गर्दै भनेका थिए उनीहरु चुनिएका बंशका सदस्यहरु हुन् ।
तर, पनि उनको पुर्वजलाइै मिलेको सम्मान भावसम्म उनी पुग्न सकिरहेका छैनन् ।
सन् १९६२ मा चीन र उत्तर कोरियाबीच यस पर्वतलाई लिएर विवाद भएको थियो । तर, पछि दुई देशले सम्झौता गर्दै टुरिस्ट स्पटमा बदल्ने निर्णय गरेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा
- 2 hours ago

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै
- 2 hours ago

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट
- 3 hours ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।