उत्तर कोरियामा छन् यस्ता अजबगजबका नियमहरु
- मंगलबार, १४ जेष्ठ, २०७६
- 3 years ago
- विचित्र विश्व

एजेन्सी । उत्तर कोरियामा कर्मचारीहरुलाई सातै दिन कम गर्नुपर्छ । यदी तपाईलाई शनिबार पनि अफिस जान पर्यो भने दिक्क लाग्न सक्छ । कम्पनीप्रति तपाईले राम्रो सोच पनि बनाउनु हुँदैनहोला । तर , उत्तर कोरियाको नियमअनुसार सातै दिन काम गर्नुपर्छ । ६ दिन लगातार काम गरेपछि बल्ल तलब पाइन्छ । सातौ दिनको काम भने देशको विकास र प्रगतिको लागि योगदान दिन्छन् ।
उत्तर कोरिायका तानशाह दिवंगत किम जोङ द्वितियले आफ्नो जीवनकालमा आफ्नो बायोग्राफ जारी गरेका थिए । जसमा केही अजब गजब कुराहरु लेखिएको थियो । जब किम जोङ द्वितिय जन्म भएको थियो तब आकाशमा इन्द्रधनुष बनेको थियो । उनको जन्मसँगै एउटा ताराको पनि जन्म भएको थियो । यस पश्चात किम जोङले आफुलाई भगवान् भएको दावा गरेका थिए । किमले भनेका थिए उनीसँग मौसमलाई नियन्त्रण गर्ने शक्ति समेत रहेको थियो ।
यदी तपाई सोच्दै हुनुहुन्छ कोरियामा २०१६ वर्ष चलिरहेको छ भने तपाई गलत हुनुहुन्छ । उत्तर कोरियामा ज्युस क्यालेण्डर रहेको छ । उत्तर कोरियामा १०४ औ वर्ष चलिरहेको छ । उत्तर कोरियामा किम जोङका हजुरबुबा किम इल–सुंगको जन्म पछि यो क्यालेण्डर लागु गरिएको हो ।
सामान्य लाग्ने कुराहरु पनि उत्तर कोरियामा अपराध मानिन्छ र मृत्युको सजाय पनि हुनसक्छ । यहाँ बाइबल राख्न दक्षिण कोरियाका फिल्महरु हेर्न वा पोर्न फिल्म हेर्नु पनि अपराध मानिन्छ ।
यी अपराधका लागि क्षमादान छैन ।
यहाँ गरिबहरुको फोटो खिच्न समेत मनाही रहेको छ । यहाँको नियमअनुसार गरिबको फोटो खिच्नु देशको इमेजमा खराबी पुग्छ ।
उत्तर कोरियामा वर्षको दुई दिन जुलाइ ८ र १७ डिसेम्बरमा मानिसहरु खुसी मनाउन पाउँदैनन् । यहाँसम्मकी मानिसहरु जन्म दिन पनि मनाउन पाउँदैनन् । यी दिनहरुमा किम सुंग र किम जोङको मृत्यु भएको थियो ।
उत्तर कोरियामा ३ वटा टिभी च्यानलहरु रहेका छन् । विदेशी च्यानलहरुलाई पुर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।
उत्तर कोरियामा कार राख्न मनाही छ । यहाँका सेनाका अधिकारी र सरकारी अफिसरहरुले मात्र कार राख्न पाउँछन् ।
यहाँका आम जनताका लागि इन्टरनेट पनि उपलब्ध छैन । इन्टरनेटको प्रयोग केही व्यक्तिहरुले मात्र गर्न पाउँछन् ।
उत्तर कोरियाका विश्वमा एकमात्र यस्तो राष्ट्र हो जहाँ मृत व्यक्तिको नाममा शासन चलाइन्छ । उत्तर कोरियामा किम सुंगको नाममा चलाइन्छ ।
उत्तर कोरियामा २ हजार महिलालाई प्लेजर स्क्वायडमा राखिएको छ ।
यस देशको इतिहासको किताबमा किम खलको बीरगाथाको कथामात्र पढाइन्छ ।
विश्वका अन्य देशहरुको इतिहासबारे उनीहरुलाई केही मतलब छैन ।
यहाँका मानिसहरुलाई पत्रिका पढ्न समेत सहज छैन । बस स्ट्याण्डमा पत्रिका राखिन्छ जहाँ गएर मानिसहरु उभिएर पत्रिका पढ्ने काम गर्छन् ।
उत्तर कोरियामा यदी कसैले अपराध गर्छ भने त्यसको सजाय अन्य पूस्ताहरले समेत भोग्नुपर्छ ।
उत्तर कोरियामा पाँच वर्षमा चुनाव हुनेगर्छ तर उम्मेदवार भने एकजनामात्र हुन्छन् ।
उत्तर कोरियामा किजोड डोग नाम गरेको शहर छ जसलाई दक्षिण कोरियाका मानिसहरु लोभ्याउन बनाइएको थियो । यो शहरमा कोही पनि बस्दैनन् । तर, रातिमा बिजुलीले रौनक बनाउने काम भने गरिन्छ । लागोकी मानिसहरु उक्त शहरमा बसिरहेका छन् ।
उत्तर कोरियामा पर्यटकलाई मोबाइल लिएर आउने मनाही छ । यो सबै सामानहरु एयरपोर्टमा लिइन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चलचित्र बोर्ड सदस्यमा बुढाथोकी र अधिकारी नियुक्त
- 2 minutes ago

काठमाडौँ । चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन् । रिक्त रहेका तीनमध्ये दुई पदमा निर्देशक केएल बुढाथोकी र निर्माता रवि अधिकारी नियुक्त भएका हुन् ।
गृहमन्त्रालयका २५ अधिकारीको सरुवा
- 35 minutes ago

काठमाडौँ । गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो ।
'मन्त्री बन्न लागेको कुरा हल्ला मात्र हाे'
- 46 minutes ago

भैरहवा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन् ।
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।