उत्तर कोरियामा ज्वरोबाट पीडितको संख्या १४ लाख ८० हजार पुग्यो
- मंगलबार, ३ जेष्ठ, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियामा ज्वरोबाट पीडित व्यक्तिहरूको संख्या सोमबार १४ लाख ८० हजार पुगेको कोरियाली केन्द्रीय समाचार एजेन्सीले मङ्गलबार उल्लेख गरेको छ। सोमबार मात्रै २ लाख ६९ हजार नयाँ बिरामी फेला परेका छन् । तीमध्ये १७०,४६० जना निको भएका छन् भने छ जनाको मृत्यु भएको समाचार एजेन्सीले राज्य आपतकालीन महामारी रोकथाम मुख्यालयलाई उद्धृत गर्दै जनाएको छ ।
अप्रिलको अन्त्यमा देशमा ज्वरोको प्रकोप भएदेखि अहिलेसम्म ८ लाख १९ हजारभन्दा बढी ज्वरो आएका व्यक्ति निको भइसकेका छन् भने ६ लाख ६३ हजार ९०० भन्दा बढी उपचाररत छन् भने मृत्यु हुनेको संख्या ५६ पुगेको छ । मङ्गलबारको अर्को रिपोर्टमा समाचार एजेन्सी केसिएनएले औषधिको आपूर्ति सुनिश्चित गर्न तत्काल कदम चालिएको र जनसेनाको सैन्य मेडिकल फोर्स सोमबार प्योङयाङका सबै फार्मेसीहरूमा तैनाथ गरिएको र २४ सै घण्टा सेवा प्रणाली अन्तर्गत औषधि आपूर्ति गर्न थालेको बताएको छ।
केन्द्रीय आपतकालीन महामारी रोकथाम क्षेत्रले यो रोगबाट निको भएका व्यक्तिहरूमा पुनस् सङ्क्रमण हुन नदिन महामारीको फैलावट रोक्न र सङ्क्रमणको नियन्त्रण प्रयास गरेको जनाएको छ।
साथै देशभरका औषधि कारखाना र चिकित्सा उपकरण कारखानाहरूले अत्यावश्यक आवश्यकतामा औषधि र स्वास्थ्य सामग्रीको उत्पादन बढाएका छन्।
प्योङयाङले बिहीबार देशको पहिलो कोभिड१९ सङ्क्रमणको पुष्टि गर्दै देशव्यापी तालाबन्दी घोषणा गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
- 4 minutes ago

गोदावरी। सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। आज बिहीबार ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास
स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी
- 24 minutes ago

मस्को रूस। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।
चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री कार्की
- 31 minutes ago

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवक
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।