उत्तर कोरियामा ज्वरोबाट २२ लाख प्रभावित
- शनिबार, ७ जेष्ठ, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । उत्तर कोरियामा अप्रिलको अन्त्यदेखि अहिलेसम्म ज्वरोका बिरामी २२ लाख २४ हजार ६ सय १० पुगेको कोरियाको केन्द्रीय समाचार संस्था (केसीएनए) ले शुक्रबार जानकारी गराएको छ ।
यो अवधिमा चौध लाख ८६ हजार ७३० भन्दा बढी बिरामी निको भइसकेका र ६५ जनाको मृत्यु भएको बताइएको छ ।
उत्तर कोरियाली अधिकारीले बुधबार दिउँसोदेखि बिहीबारसम्मको २४ घण्टाको अवधिमा दुई लाख ६३ हजार ३७० व्यक्ति ज्वरोको कारण अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेका बताइएको छ । यो अवधिमा देशभर दुई लाख ४८ हजार ७२० भन्दा बढी निको भएक र दुई जनाको मृत्यु भएको केसीएनएले स्वास्थ्य अधिकारीलाई उद्धृत गरी लेखेको छ ।
राष्ट्रव्यापी महामारी विरोधी अभियान सुरु भएदेखि देशका बासिन्दाहरूलाई दैनिक आवश्यकता प्रदान गर्न लगभग ३० हजार अतिरिक्त सेवाकर्मी परिचालन गरिएको र झन्डै आठ हजार सेवा प्रदायक टोलीहरू स्थापना गरिएका अभियानले बताएको छ ।
उक्त रिपोर्टअनुसार ज्वरोको प्रकोपबारे सही अनुमान लगाउन र शहर तथा काउन्टीहरूमा समय समयमा कदम चाल्न राष्ट्रव्यापी प्रणाली पनि स्थापना गरिएका बताइएकोे छ ।
राजधानी शहरबाहिरका क्षेत्रहरूमा ज्वरो वा असामान्य लक्षणहरू भएका बिरामीहरूको चतुरताका साथ सामना गर्न प्योङयाङका नागरिकहरूलाई निरन्तर र तत्काल चिकित्सा सेवा प्रदान गर्न र टेलिमेडिसिन प्रणाली मार्फत् स्थानीय अस्पतालहरूलाई प्राविधिक सहायता प्रदान गर्न प्योङयाङका राष्ट्रिय अस्पतालहरू जुटेका छन् ।
राष्ट्रिय आकस्मिक महामारी रोकथाम केन्द्रले राष्ट्रव्यापी मापदण्डमा मास्क र सुरक्षात्मक कपडाको उत्पादन बढाउन कदम चालिरहेको छ र महामारी रोकथाम सामग्रीको कुल सङ्ख्याको नपुगेका र अभाव भएका क्षेत्रमा एकीकृत तरिकाले यसको प्रयोग गरिरहेको बताइएको छ । केसीएनएले मे १२ मा जनाए अनुसार मे ८ मा प्योङयाङको राजधानीमा बिरामीहरूको एउटा समूहबाट नमूनाहरू संकलन गरिएको र त्यसमा कोभिडको नयाँ स्वरूप ओमिक्रोन देखिएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
डर, धाक धम्की देखाई रकम माग गर्ने २ जना पक्राउ
- 14 minutes ago
मोरङ। मोरङबाट डर, धाक धम्की देखाई रकम माग गर्ने २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले डर, धाक धम्की देखाई रकम माग गर्ने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको पथरीशनिश्च
फेरि कोरोना संक्रमणको दर बढ्न थाल्यो
- 22 minutes ago

काठमाडौँ। नेपालमा फेरी कोरोना संक्रमणको दर बढ्न थालेको छ। आइतबार मात्रै ओमिक्रोनको नयाँ प्रजाति ‘बीए फाइभ’भेटिएको हो । धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा नयाँ प्रजाति
आफूलाई पार्टीबाट निष्कासन गर्नेलाई वामदेवको जवाफी कारबाही
- 28 minutes ago
काठमाडौँ। नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट निष्कासित गरेको भन्दै विज्ञप्ति निकाल्ने पाँचजनालाई जवाफी कारबाही गरेका छन्। शनिबार बसेको पार्टीको सचिवालय बैठकले सचिवालय
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।