बेलफास्टमा प्रजातन्त्र दिवस कार्यक्रम, नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको प्रयास

  • बिहीबार, ९ फागुन, २०७५
  • 1 year ago
  • युके

लण्डन । लण्डनस्थित नेपाली दूतावासले राष्ट्रिय प्रजातन्त्र दिवस सोमबार उत्तरी आयरल्याण्डको राजधानी बेलफास्टमा एक विशेष समारोहको आयोजना गरी मनाएको छ ।

 

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा उत्तरी आयरल्याण्डका लागि पूर्व प्रथम मन्त्री तथा डेमोक्रेटिक युनियनिष्ट पार्टीका अध्यक्ष श्रीमती एर्लिन फोस्टर  प्रमुख अतिथि तथा उत्तरी आयरल्याण्डका संसदका सभामुख रबिन न्युटन र सिन फेइन पार्टीका संसद सदस्य डा काओइमहे आर्कीबाल्ड विशेष अतिथिका रुपमा उपस्थित थिए । समारोहमा उत्तरी आयरल्याण्डका सांसदहरु, स्थानीय मेयर, उपमेयर र काउन्सिलरहरु समेतको उपस्थिति थियो । 

 

समारोहमा स्वागत मन्तव्य दिंदै राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालमा लोकतन्त्र र गणतन्त्रको अभ्युदय र नागरिक हकअधिकार प्राप्तिका निम्ति जीवन उत्सर्ग गर्ने शहीदहरुमा संयुक्त अधिराज्य, माल्टा र आयरल्याण्डबासी नेपालीहरुका तर्फबाट श्रद्धान्जली व्यक्त गरे ।  डा. सुवेदीले यस पावन दिवसले लोकतान्त्रिक गणतन्त्रको आलोकमा नेपाल आर्थिक समृद्धि, सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वसहित समृद्ध नेपाल र सुखी नेपालीको महान लक्ष्य हासिल गर्न उत्प्रेरित गर्नेछ भन्ने आशा एवं विश्वास व्यक्त गरे । 

 

संघ, प्रदेश र स्थानीय तीनै तहका निर्वाचन शान्तिपूर्वक र सफलतापूर्वक सम्पन्न गरी नेपालले संविधानको कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनपद्धतिलाई संस्थागत गरेको छ भन्दै डा. सुवेदीले वर्तमान सरकारले आर्थिक विकास र समृद्धिको लक्ष्यलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।

 

वर्तमान सरकारले राष्ट्रिय स्वार्थलाई सर्वोपरी राख्दै लोकतन्त्र, मौलिक हक, सामाजिक न्याय, सुशासन, स्थिरता र विकासमा प्रतिवद्ध रहेको बताउंदै डा. सुवेदीले नेपाल सरकारले नेपाललाई एक उपयुक्त र विश्सनीय लगानी केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले यही २९ र ३० मार्चमा नेपालमा लगानी शिखर सम्मेलन आयोजना गर्न लागेको र त्यसमा बेलायतबाट उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गरे । 

 

बेलायतमा १ लाखभन्दा बढी नेपाली र नेपालीमूलका नागरिकहरुको स्थायी बसोबास रहेको र उनीहरुको नेपालको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्दैै राजदूत डा. सुवेदीले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने नेपाल सरकारको घोषणालाई सफल बनाउन मैत्रीपूर्ण बेलायती नागरिकहरु र समस्त नेपालीहरुको सहयोग र सहभागिताका लागि आह्वान गरे ।  

 

 

विशेष समोरहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै उत्तरी आयरल्याण्डका लागि पूर्व प्रथम मन्त्री तथा डेमोक्रेटिक युनियनिष्ट पार्टीका अध्यक्ष एर्लिन फोस्टरले नेपाली दूतावासले राष्ट्रिय प्रजातन्त्र दिवसजस्तो महत्वपूर्ण कार्यक्रम उत्तरी आयरल्याण्डको राजधानी बेलफास्टमा आयोजना गर्नु स्वागतयोग्य रहेको भन्नुहुँदै यो कार्यक्रम उत्तरी आयरल्याण्डका जनता र नेपाली समुदायबीच मित्रता, भातृत्व र समझदारी अभिवृद्धिमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरिन् । 

 

आर्थिक विकासका लागि राजनैतिक स्थिरता अपरिहार्य रहने बताउंदैै प्रमुख अतिथि फोस्टरले नेपालले शान्ति, सुशासन  राजनैतिक स्थिरतासहित समृद्धिको यात्रा आरभ्म गरेकाले नेपाली जनता आर्थिक विकासको लक्ष्य हासिल गर्न सफल हुने विश्वास आफुलाई रहेको बताइन् ।  नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले सुसम्पन्न राष्ट्र हो भन्दै उनले नेपाल भ्रमण वर्ष २०२० मा उत्तरी आयरल्याण्डबाट दशौं हजार पर्यटकहरु नेपाल भ्रमणमा जाने विश्वास व्यक्त गरिन् ।  

 

 

समारोहलाई विशेष अतिथिका रुपमा सम्बोधन गर्दैै उत्तरी आयरल्याण्डका संसदका सभामुख रविन न्युटनले उत्तरी आयरल्याण्डमा नेपाली समुदायको उपस्थिति सानो भए पनि सुन्दर र क्रियाशील रहेको बताए । सभामुख न्युटनले नेपाली दूतावासले  राष्ट्रिय प्रजातन्त्र दिवसजस्तो राष्ट्रिय महत्वको कार्यक्रम बेलफास्टमा आयोजना गर्नु उत्तरी आयरल्याण्डका जनताका लागि हर्ष र गौरवको विषय रहेको जनाए । 

 

शान्ति, सुशासन, विश्ववन्धुत्व, सांस्कृतिक विविधता र विविधताबीचको एकता नेपाली र उत्तरी आयरल्याण्डका जनताको साझा आदर्श र पहिचान हुन भन्दैै उनले लोकतन्त्र, मानवअधिकार र संघीयता संस्थागत भइसकेपछि नेपालले सामाजिक रुपान्तरण र आर्थिक समृद्धिको यात्रा तय गरेको  र त्यसमा सफलता हासिल हुने भन्ने विश्वास व्यक्त गरे ।   

 

त्यसैगरी उक्त समारोहका विशेष अतिथि सिन फेइन पार्टीका संसद सदस्य डा काओइमहे आर्कीबाल्डले शान्तिको पुनर्वहाली र संघीय लोकतान्त्रिक संविधानको घोषणा र सफल कार्यान्वयन गरेर नेपाली जनताले विश्वलाई एउटा अनुकरणीय उदाहरण प्रस्तुत गरेको उल्लेख गरे । उत्तरी आयरल्याण्डका लागि पनि नेपालको राजनैतिक स्थायित्व आदर्श नमुना बन्न सक्ने विश्वास उनको थियो । 

 

नेपाल र उत्तरी आयरल्याण्डबीच जनस्तरको सम्बन्ध अभिवृद्धिमा जोड दिंदै डा  आर्कीबाल्डले नेपाली  दूतावासले आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र दिवसजस्तो विशेष समारोह एक रचनात्मक र सकारात्मक थालनी भएको विचार व्यक्त गरे ।  

 

 

समारोहमा प्रमुख अतिथी तथा विशेष अतिथिहरुले  संयुक्त रुपमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अनावरण गरी उत्तरी आयरल्याण्डमा नेपाल भ्रमण वर्षको प्रचार अभियान प्रारम्भ गरे ।   समारोहमा नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरी नेपाल पर्यटन वोर्डले तयार पारेको सौन्दर्य र सांस्कृतिक विविधता झल्कने वृत्तचित्र सहितको प्रस्तुति गरिएको थियो। समारोहमा नेपालको हिमाल, पहाड, तराईको संस्कृति झल्किने नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। सो सांस्कृतिक कार्यक्रम उत्तरी आयरल्याण्डमा स्थायी बसोबास गर्ने नेपाली बालबालिकाहरुद्धारा प्रस्तुत भएको हो। 

 

उक्त समारोहमा बेलायतमा नेपालको भाषा, संस्कृति र सभ्यताको संरक्षण र सम्बद्र्धनका साथै नेपालीको पहिचान र प्रतिष्ठा अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएका बीबीसी नेपाली सेवाका अग्रज सञ्चारकर्मी तथा समाजसेवी पुरण अग्रवाललाई विशेष सम्मान गरिएको थियो । 

 

राजदूत डा. सुवेदीले प्रमुख अतिथि र विशेष अतिथिद्धयलाई नेपाली कलात्मक उपहार प्रदान गरेका थिए ।  बेलायती, आइरिस र नेपाली गरी तीन सयभन्दा बढी अतिथिहरुको सहभागिता रहेको उक्त विशेष समारोहको अन्त्यमा नेपाली रात्रिभोजको आयोजना गरिएको थियो।

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

  • 2 minutes ago
आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । आज असोज ३ गते अर्थात् संविधान दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी छैटौं संविधान दिवस मनाइँदै छ ।

इराकको कमाइ बिर्साउने व्यवसाय

  • 14 minutes ago
इराकको कमाइ बिर्साउने व्यवसाय

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो ।

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 51 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।