आकर्षण

Global IME
Norvic Hospital

आज पनि ऊ सुतिन । 

 

‘लोग्नेले आफू सुतेपछि पढ्यो भने?’

 

नेपालबाट हिजो पनि बाउले फोन गरेका थिए । ‘उसलाई  किमार्थ पढ्न नदिनू ! नेपालमा महिला धेरै अगाडि पुगिसके अब पुरुषले भ्याउँदैनन् । महिलाको अगाडि कानुन नतमस्तक छ ! समाज जुरुक्क उठ्छ ! व्यक्तिको शीर निहुरिन्छ !’ उसले सोधेकी थिई, ‘वुवा, त्यसो भए तपाईंको पनि दशा भएको होलास होइन ?’

 

बाउले सम्झाएका थिए, ‘तेरी आमाले त पढेकी छैन नि ! जसले पढ्छ ऊ मालिक हुन्छ, तैंले उसलाई पढ्न दिनु हुँदैन । टाउको उठाउनै दिनु हुँदैन । काममा पेल्नु पर्छ, टाउको उठाउन खोज्यो कि अपशब्दका घनले हिर्काएर टाउको थिलथिलो पार्नुपर्छ । ताकि सोच्ने मौकै नपाओस् ।’

‘छोड्दिन्छ कि?’ उसले शंका व्यक्त गरी । 

 

छोड्यो भने त ‘कुचाले बढार्ने कसिंगर हावाले उडायो’ भैगो नि ! 

 

‘अहिलेसम्म तैंले एक पठाइस् अब एक आयो भने दुई हुन्छ । यहाँ आइज, म पाल्छु्र’ 

 

श्रीमानले नपढ्दा आफूलाई कति फाइदा हुन्छ । अझै छोरीको घैंटामा घाम लागेको छैन । आज्ञा  शिरोपर गरेकी मात्र हो । 

 

एकदिन श्रीमानले पढ्दै गरेको पुस्तक डस्टबिनमा फालिछ्र । उसले त झिकी ल्याई पढी पो गरेछ्र । बाउले नै जुक्ति सिकाए ।

 

‘च्यातेर धुजा–धुजा पार्नू अनि फ्याँक्नू’ त्यो पनि ल्याएर जोडजाड पारेछ्र झर्किँदै बाउलाई फेरि फोन गरी ।

 

बाउले पनि झर्किदै भने, ‘पानीमा डुबाएर फ्याँकिनस् ?’ यो प्रश्नले भने रामबाणको काम ग¥यो है ! 

 

श्रीमान् ‘ग्वाँ–ग्वाँ’ रुन थाल्यो ! अनि बल्ल आफ्नो सफलतामा श्रीमती खित्का छोडेर हाँसी । उसले बाउलाई फोन गरी । ‘वुवा ! बल्ल म पास भएँ । उताबाट उत्तर आयो, ‘छोरी कसकी ?’

 

दुनियाँको कुनै पनि कुराप्रति उसको स्थायी लगाव छैन । न कसैप्रति गौरव छ । न माया, न घृणा ।

 

गीताको अध्ययन नगरे पनि निस्पृहताको शिक्षा भने आत्मसात गरेको पाइन्छ्र । सानो छँदा माइतमा आमाले गुणरत्न माला पढेको खुब मजा लाग्थ्यो रे । त्यतिबेला आमाले पढेको एउटा श्लोक उसले कहिल्यै विर्सिन्न । पछि यसलाई मूलमन्त्रको रूपमा जप्न थाली । यही मन्त्रले उसलाई सम्पन्नताको शिखरमा पु¥यायो । उसको रूप र घर दुवै आकर्षक छन् ।

 

‘घस्कोस् इज्जत् रसातलतिर अझ तल गै घोप्टियोस् पाजी जात 

 

फुटोस् खप्पर दयाको, जपतप पनि यी मुन्टियुन् भीरबाट

 

ऐल्यै लागोस् डढेलो यिनी गुणहरूमा धन मिले भो मलाई

 

जसका खातिर सारा गुणहरू पनि ती गर्दछन् हाईहाई’

 

अहिले ऊ भव्य महलको माथिल्लो तलामा एक्लै बस्छे्र । बटुवाहरूलाई अझै पनि त्यो घर र केटी दुवै आकर्षक लाग्छन् ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

थाहा पाउनुहोस्, सलादमा नुन हालेर खानुहन्छ कि हुँदैन ?

  • 41 seconds ago
थाहा पाउनुहोस्, सलादमा नुन हालेर खानुहन्छ कि हुँदैन ?

एजेन्सी । सलादमा नुन मिसाएर खाने मानिसले आफ्नो स्वास्थ्यको लागि सानो गल्ती गरिरहेका हुन्छन् ।

‘चीनले रुसलाई हतियार आपूर्ति गरेको छैन’

  • 5 minutes ago
‘चीनले रुसलाई हतियार आपूर्ति गरेको छैन’

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् । विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्

वास्तु टिप्सः यस दिशामा बसेर पूजा गर्नु शुभ मानिन्छ

  • 10 minutes ago
वास्तु टिप्सः यस दिशामा बसेर पूजा गर्नु शुभ मानिन्छ

एजेन्सी । पूजा गर्ने सही दिशाबारे थाहा पाउनु भएको छ ? वास्तुशास्त्र अनुसार पूजा गर्दा आफ्नो मुख पूर्व वा उत्तर दिशामा राख्नुपर्छ । यीमध्ये पूर्व दिशातर्फ फर्केर पूजा गर्नु उत्तम हुन्छ । किनभने पूर्व



पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

विचित्र विश्व

यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए  यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।