एनआरएन यूके निर्वाचन : मिडल्याण्ड र पुनम गुरुङ समुहबीच भयो डिल

  • मंगलबार, २८ साउन, २०७६
  • 11 months ago
  • युके
चुनावी सहकार्यको सम्झौतापछि सामुहिक तस्विर खिचाउँदै

 

लण्डन । एनआरएनए यूकेको आसन्न निर्वाचनमा नयाँ तरंग उत्पन्न गर्दै अध्यक्ष पदकी उम्मेदवार पुनम गुरुङ र मिडल्याण्डबीच चुनावी सहकार्यको सम्झौता भएको छ । 

 

मिडल्याण्डबाट सामुहिक उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरुले पुनम गुरुङको प्यानलबाटै चुनाव लड्ने गरी सहमति गरिएको छ । सोमबार साँझ लण्डनमा बसेको दुई पक्षबीचको गोप्य बैठक लिखित रुपमा चार बुंदे सम्झौतामा हस्ताक्षर गर्दै मध्यरातमा टुङ्गिएको थियो । 

 

मिडल्याण्डस्थित साझा नेपाली समाज र शान्ति नेपाली समाज बेलायत समेतको समन्वयमा यो सहमति कायम गरिएको छ । 

 

मिडल्याण्ड र पुनम गुरुङ समुहबीच भएको डिलअनुसार मिडल्याण्डले अध्यक्षमा पुनम गुरुङ र महासचिवमा उनकै समुहका उम्मेदवार फडिन्द्र भट्टराईलाई सघाउने भएको छ ।

 

त्यस्तै, मिडल्याण्डबाट सामुहिक रुपमा उम्मेदवारी घोषणा गरेका ७ जना उम्मेदवारहरु पुनमकै प्यानलबाट निर्वाचनमा जाने भएका छन् । जसमा आइसिसी सदस्यमा दयानिधि सापकोटा, उपाध्यक्षमा पशुपति पोखरेल, सचिवमा कोशलेश्वर (कृष्ण) ढकाल, सहकोषाध्यक्षमा विष्णु चालिसे र सदस्यहरुमा गोमा पौडेल, नृपेश उप्रेती र कृष्ण खरेल छन् ।

 

मिडल्याण्डबाट यसअघि ८ जनाको उम्मेदवारी घोषणा भएको भएपनि सदस्य पदका उम्मेदवार शसांक शर्मा भने यो सहमतिमा आएका छैनन् । 

 

पुनम नेतृत्वको संयुक्त प्यानलबाट अन्य पदका लागि उम्मेदवारहरुको छनौट आपसी समझदारीमा गर्ने तर मिडल्याण्डले थप पद दाबी नगर्ने सहमति भएको छ । 

 

सम्झौतापत्रमा पुनम गुरुङ समुहबाट अध्यक्ष उम्मेदवार पुनम गुरुङ, महासचिव उम्मेदवार फडिन्द्र भट्टराई तथा निर्वाचन अभियान संयोजक ले रि चन्द्रबहादुर गुरुङले हस्ताक्षर गरेका छन् । मिडल्याण्डको तर्फबाट साझा नेपाली समाजका अध्यक्ष महेश अधिकारी र पूर्व अध्यक्ष रणबहादुर केसीसहित उम्मेदवारहरु दयानिधि सापकोटा, पशुपति पोखरेल, कोशलेश्वर (कृष्ण) ढकाल र विष्णु चालिसेले हस्ताक्षर गरेका छन् । बाँकी तीन सदस्यका उम्मेदवारले पनि सहमतिका लागि आफ्नो म्याण्डेट पठाएका छन् । 

 

महिनौंदेखि पर्ख र हेरको अवस्थामा देखिएको मिडल्याण्ड सदस्यता आवेदन बुझाएलगत्तै पुनम गुरुङ समुहसंग सहकार्य गर्ने निचोडमा पुगेको हो । 

 

यसपटक बेलायतमा विश्वभरकै राष्ट्रिय समन्वय परिषदहरुमध्ये सबैभन्दा बढि झण्डै १४ हजार सदस्य बनेका छन् । जसमध्ये करिब २ हजार सदस्य बनाएको मिडल्याण्डलाई यो निर्वाचनमा निर्णायक शक्तिका रुपमा हेरिएको थियो । 

 

आफु निकटका उम्मेदवारहरुले कुल ७ हजार सदस्यता बुझाएको दाबी गर्दै आएको पुनम गुरुङ समुह पनि मिडल्याण्डसंगको सम्झौतापछि अब थप बलियो हुने देखिएको छ ।

 


थप समाचार

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

  • 2 minutes ago
वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । मृत्यु भएकी ४५ वर्षीया महिला कोरोना संक्रमित रहेको पुष्टि भएको छ

पर्सामा थप २२ जनामा कारोना संक्रमण पुष्टि

  • 8 minutes ago
पर्सामा थप २२ जनामा कारोना संक्रमण पुष्टि

पर्सा। पर्सामा थप २२ जनामा कारोना संक्रमण पुष्टि भएको छ । ६ जना महिलासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

  • 21 minutes ago
बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिएका छन् । केन्द्रीय विभागका प्रमख भने यसअघि नै मनोनयन गर



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।