एनआरएनए स्कटल्याण्डको ‘हिल वाक’ भब्य रुपमा सम्पन्न

Global IME
Mega Bank
Norvic Hospital

स्कटल्याण्ड । एनआरएनए  स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको  प्रख्यात डुमएट हिल,  स्टरलिङमा  आइतबार आयोजना गरेको  हिल वाक इभेन्ट भब्य रुपमा सम्पन्न भएको छ । करिब सय जना भन्दा बढी सहभागिता रहेको   एनआरएनए  स्कटल्याण्डको  नौलो तरिकाको हिल वाक इभेन्टले  एनआरएनएप्रति सचेतना जगाएको  एनआरएनए  स्कटल्याण्डका अध्यक्ष  मोहन कार्कीले बताए ।

 

‘एनआरएनए  स्कटल्याण्डको यो पहिलो पब्लिक कार्यक्रमले  सहभागीहरुमाझ  एनआरएनए  प्रति सकरात्मक भावना जगाएको र यसले एनआरएनएको सदस्यता बिस्तार र संगठन  बिस्तारमा सहयोग पुगेको छ’ अध्यक्ष कार्कीले बताए । हिल वाक इभेन्टबाट सहायता कोषको लागि सहयोग संकलन भएको र  सहयोग संकलन क्रम जारी नै रहेको अध्यक्ष कार्कीले बताए । उक्त कोषबाट  संकलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने छ।  

 

 

उक्त  हिल वाक शुरु हुनु भन्दा पहिले  एनआरएनए  स्कटल्याण्डका सचिब कृष्ण दाहालले  हिल वाकको बिबरण, स्वास्थ्य, सुरक्षाबारे जानकारी दिनु भएको थियो। डुमएट हिलमा पाँच माइलको हिडाईको लागि करिब दुई  घण्टा लागेको थियो। एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपाने सहित उक्त कार्यकममा स्कटल्याण्डको बिभिन्न स्थानहरु   एडिनब्रा, ग्लासगो, एबर्डिन, फलक्रिक, फाइफ,  पर्थ ,डनफर्मलिन  र स्टरलिङबाट  सहभागिता रहेको कार्यक्रम संयोजक राम बगालेले बताए ।

 

हिल वाक इभेन्टमा भिजिट नेपाल २०२० को प्रचार समेत गरिएको छ।  उक्त   इभेन्टमा  अध्यक्ष   कार्कीले  प्रयोजन गर्नु भएको भिजिट नेपाल २०२०को प्रचार सामग्री कार  स्टिकर वितरण गरिएको थियो। एनआरएनए  स्कटल्याण्डका अध्यक्ष कार्कीले  स्कटल्याण्डका प्रत्येक एनआरएनएले आफ्ना साथीलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरे नेपालको पर्यटन ब्यबसायमा सहयोग पुग्ने बताए ।

 

एनआरएनए स्कटल्याण्डले भिजिट नेपाल २०२० को प्रचार को लागि नेपाली दुतावास र पर्यटन बोर्डसंग  समन्वय गरिरहेको कार्कीले बताए ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

  • 17 hours ago
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर

धानबाडा गाउँ

  • 17 hours ago
धानबाडा गाउँ

मुगु। मुगुको छायानाथ रारा नगरपालिका–४, धानबाडास्थित गाउँ।

स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

  • 17 hours ago
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन



पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।