गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका लागि चुनाव शुरु

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौं । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका लागि चुनाव शुरु भएको छ । निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुने बताइएको छ ।

 

बुधबार स्थगित भएको गैरआवासीय नेपाली संघको मतदान आज सुरु भएको हो ।  बुधबार करिब सवा आठ बजे सुरु भएको मतदान एक घण्टा चलेर स्थगित भएको थियो । 

 

बुधबार दिउँसो ५ बजे मतदान हुने प्रारम्भिक तयारी भएपनि ढिलो गरी मतदान सुरु भएको थियो । होटल हयातमा जारी अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको हो । 

 

यस पटक अध्यक्ष पदमा कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा छन् । वर्तमान उपाध्यक्षद्वय आचार्य र पन्तले अध्यक्षमा दाबेदारी प्रस्तुत गरिरहँदा चार उपाध्यक्ष पदका लागि ९ जना मैदानमा देखिएका छन् ।

 

अष्ट्रेलियाका धर्मराज अधिकारी, मन केसी, वर्तमान महासचिव बद्री केसी, नरेन्द्रबहादुर भाट, अर्जुनकुमार श्रेष्ठ, किरण विक्रम थापा, हिक्मतबहादुर थापा, सोनाम लामा र डा। केशव पौडेलले अध्यक्षमा दावी गरेका छन् । यस्तै महिला उपाध्यक्षमा सपिला राजभण्डारी र रविना थापा प्रतिस्पर्धामा छन् । 

 

महासचिव पदमा जानकी गुरुंग, डा। हेमराज शर्मा मैदानमा छन् । यस्तै सचिव पदमा दिपकप्रसाद ओली, सुष्मा लिम्बु, अभिमानसिंह बस्नेत, शिवकुमार बरुवाल, गौरीराज जोशी, आरके शर्मा, विनय अधिकारी चुनावी प्रतिस्पर्धामा देखिएका छन् । 

 

यस्तै कोषाध्यक्षमा सोमनाथ सापकोटा, महेशकुमार श्रेष्ठ र सुदन थापा चुनावी प्रतिस्पर्धामा छन् । यीमध्ये एकजनालाई मतदाताले छान्नुपर्नेछ । सहकोषाध्यक्ष पदका लागि लोकप्रसाद दाहाल र गोविन्द्रप्रसाद गौतम चुनावी प्रतिस्पर्धामा छन् ।

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

  • 16 hours ago
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर

धानबाडा गाउँ

  • 16 hours ago
धानबाडा गाउँ

मुगु। मुगुको छायानाथ रारा नगरपालिका–४, धानबाडास्थित गाउँ।

स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

  • 17 hours ago
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन



पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।