एनआरटी मलेसिया प्रस्थान
- मंगलबार, १४ आषाढ, २०७९
- 1 month ago
- खेल

काठमाडौं । मलेसियाको पेनाङमा आयोजना हुने टुवान याङ टेरुतमा (टिवाइटी) कप फुटबल प्रतियोगितामा नेपालको ए डिभिजन क्लब न्यूरोड टिम (एनआरटी)ले भाग लिने भएको छ ।
एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले सोमबार यहाँ आयोजित एक कार्यक्रममा मलेसिया जाने ३० सदस्यीय टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
टोली सोमबार राति नै मलेसिया प्रस्थान गरिसकेको छ । मलेसियामा एनआरटीले मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इण्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग खेल्नेछ ।
एनआरटीले इण्डोनेसियाको कारो एफसीसँग यही असार १६ गते खेल्नेछ भने असार १८ गते मलेसियाको पेनाङसँग खेल्नेछ ।
लिगको अङ्कको आधारमा विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । पेनाङ सिटी रङ्गशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङ्गेट र उपविजेता टोलीले पाँच हजार मलेसियन रिङगेट प्राप्त गर्नेछ । यसैगरी एनआरटी टोली मलेसिया भ्रमण सकिए लगतै त्यहीबाट थाइल्याण्ड जानेछ । एनआरटीले मलेसिया र थाइल्याण्ड भ्रमणकै लागि विभिन्न क्लबका नौ खेलाडीलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ ।
एनआरटीले मछिन्द्रका विशाल श्रेष्ठ र रेजिन सुब्बासँगै छिरिङ गुरुङलाई अनुबन्ध गरेको हो । यसैगरी थ्रीस्टार क्लबका सन्जोक राई, च्यासलका रुमेश बर्तौला, सङ्कटाका सुवास गुरुङ, जावलाखेलका निकोलस फर्नान्डेस र गौरव श्रेष्ठ छन् ।
नयाँ खेलाडीको रुपमा गोलरक्षक जि टोलो लुन्ड्री रहेका छन् । पुजन होना, दिपेश घले, मेसुके ओलोमोउ, स्टेफन समिर विनोङ, शिव गुरुङ, सरोज तामाङ, अशोक थापा मगरलाई टोलीमा निरन्तरता दिएको छ । त्यसैगरी थाइल्याण्डमा पनि एनआरटीले तीन वटा मैत्रिपूर्ण खेल खेल्नेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
केन्या भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा, ज्ञानेन्द्र मल्लको कमब्याक
- 57 minutes ago

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै केन्या भ्रमणको लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने
- 2 hours ago

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)रोजगार तथा सीप मेला २०७९ कात्तिक १७ गतेदेखि गर्ने भएको छ। मंगलबार सीएनआईले पत्रकार सम्मेलन गर्दै उक्त मेला गर्न लागेको जानकारी दिएको हो। उक्त कार्यक्रम काठमाडौँस्
देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा
- 2 hours ago

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भट्टराई र यादवले मंगलबार देउवासँग बा
पर्यटन
‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।
जीवनशैली
दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”
विचित्र विश्व
रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।