न्यु साउथ वेल्समा पुन लिबरल सरकार; ग्राडीज ब्याजरिक पहिलो निवार्चित महिला प्रिमियर

 

सृृिड्रनी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा भएको चुनावमा सत्तारुढ लिबरल नेसनल कोलिसनले राज्य सरकार गठनको लागि प्रष्ट बहुमत पाउने देखिएको छ ।

 

शनिवार राज्यको तल्लो लेजिस्लेटिम एसेम्लिको ९३ सिट र लेजिस्लेटीभ काउन्सिलको ४२ मध्ये २१ सिटकाका लागि भएको चुनावमा लिबरले यो समाचार तयार पार्दा सम्ममा ४६ भन्दा बढी सिटहरु लिड गरिरहेको छ ।

 

बिपक्षि लेबरले सन् २०१५ भएको चुनवको नतिजामा सुधार गर्दै ३६ स्थानमा बिजय हुने निस्चित भएको छ । यो समाचार तयार गर्दा सम्म इस्टहिल र दब्बाे  २ स्थानको प्रष्ट नतिजा आउन बांकी रहेको छ । 

 

सन् २०१५ को चुनावमा लेबरले जम्मा ३० सिट मात्र जितेको थियो । लिबरल र लेभर पछि तेस्रो पार्टीको रुपमा उदय भैरहेको ग्रिन्स पार्टीले ३ सिट  सुरक्षित गरेको छ भने  सुटर्स फिसर्स र फामर्स पार्टीले ३  र स्वतन्त्रले  ३ सिटमा अग्रता लिएका छन् ।

 

लिभरले कुजी सिड्नी, न्यु क्यासल, हन्टर र साउथ कोष्टका पहिले जितेको केही सिटहरु गुमाउने भएको छ । 

 

यसैबिच विपक्षि लेवर नेता माइकल डेलीले धन्यवाद मन्तब्यमा प्रिमियर ग्राडीज ब्याजरिकलाई शुभकामना दिदै न्यु साउथ वेल्स राज्यमा सक्रिय र बलिय प्रतिपक्ष भएर उभिने बिचार ब्यक्त गरेका छन् ।

 

बर्तमान प्रिमियर ग्राडीज ब्यजरिकले बिपक्षि नेता माइकल डेलीको प्रसंसा गर्दै न्यु साउथ वेल्स रज्यको बिकासको लागि हातेमाला गर्दै अघिबढ्ने बिचार राखेकी छिन् ।

 

करिव तिन महिना अघि पार्टी नेतृत्व सम्हालेका डेलीले र झण्डै साढेदुइ बर्ष अघि प्रिमियर भएकी ब्याजरिक दूबै न्यु साउथ वेल्सका लागि नयां नेता थिए । 

एएनजेट स्टेडियमको पुन निमार्ण, लाइट रेल, अस्पतला र विद्यालयमा लगानी, मोटर वे निमार्ण, रिजनल माइग्रेसन बढ्दो शहरीकरण र हाउजिङ एफोर्डबिलिटी जस्ता बिषय मुख्य चुनावि मुद्दा भएको यो चुनावमा लेवर र लिबरल दुबै पार्टी ब्यापक क्याम्पेन चलाएका थिए ।

 

सत्तारुढ लिबरल पार्टीले पश्चिम सिड्नी जोड्ने मोटर वे, अस्पतल, रंगशालाको पुननिमाण र सार्वजनिक यातायातमा लगानि जस्ता मुद्दा अघि सारेका कारण केन्द्रका मुद्दाले राज्यको यो चुनावमा कुनै असर गरेक थिएन ।

यही बर्ष मे महिनामा अस्ट्रेलियामा संघिय चुनाव हुदैछ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

  • 11 hours ago
आज काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ६१५ जना, ललितपुरका १२५ जना र भक्तपुरका ६९ जना रहेका छन् ।

कृषि विकास बैंकबाट रकम चोरी गर्ने घले पक्राउ

  • 11 hours ago
कृषि विकास बैंकबाट रकम चोरी गर्ने घले पक्राउ

काठमाडौँ । कृषि विकास बैंकमा अनधिकृत रुपमा पहुँच पुर्‍याएर रकम चोरी गरिएको प्रकरणमा फरार रहेका अभियुक्त पक्राउ परेका छन् । धादिङको रुविभ्याली गाउँपालिका–१ घर भएका खम्ब घलेलाई प्रहरीले पक्राउ गरेको हो

भारतसँगको संवादको स्थिति ट्रयाकमा फर्केको छ– डा भट्टराई

  • 11 hours ago
भारतसँगको संवादको स्थिति ट्रयाकमा फर्केको छ– डा भट्टराई

काठमाडौँ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले नेपाल र भारतबीचको संवाद पूूर्वस्थितिमै फर्केको बताएका छन् । रिपोटर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उनले भने, “भा



पर्यटन

झापामा बन्दैछ नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ, यस्तो बन्नेछ स्तम्भ

झापामा बन्दैछ नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ, यस्तो बन्नेछ स्तम्भ

झापा । नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) झापाको दमकमा निर्माण भइरहेको छ । नेपाल सरकारले राष्ट्रि«य गौरवको आयोजनाको सूचीमा राखेको ‘दमक भ्यूटावर’ १८ तलाको र १०० मिटर अग्लो हुनेछ ।

जीवनशैली

रायोको साग खानुका १२ फाइदाहरु

रायोको साग खानुका १२ फाइदाहरु

एजेन्सी । सरल र सर्बसुलभ रुपमा जहाँ पनि पाईने तरकारीको रुपमा हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि फलाउन सक्ने तरकारी पनि हो रायो ।