टेलिकमको रेडियो रिपीटरटावरमा चट्याङ पर्दा सेवा अवरुद्ध

बाजुरा । चट्याङ लागेर जिल्लाको छेडेदह गाउँपालिकामा रहेको नेपाल टेलिकमको रेडियो रिपीटरटावरमा चट्याङ पर्दा फोन सेवा अवरुद्ध भएको छ । खप्तड छेडेदह गाउँपालिका–७ छेडेदहको जङ्गलमा रहेको नमस्ते फोनको टावरमा चट्याङ लागेर क्षति पुगेको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । 

 

टावर र सोलारमा क्षति पुगेपछि सो क्षेत्रको नमस्ते फोन सेवा अवरुद्ध भएको छ । तीन दिनदेखि साविक आँटीचौर, गुदुखाती, डोगडीलगायतका आसपास क्षेत्रको सम्पर्कविच्छेद भएको छ । टावरमा जडान गरिएका १५ वटै सोलारका पाता चट्याङ लागेर जलेको बताइएको छ । 

 

डोगडी प्रहरी चौकीबाट गएको प्रहरीको टोलीका अनुसार पाता काम नलाग्ने गरी जलेको र टावरमा समेत क्षति पुगेको वडाध्यक्ष रावतले बताए । उनका अनुसार टेलिकमको टावरमा खबर गर्दा प्राविधिक पठाएर अवस्था बुझ्ने बताएकाले फोन सञ्चालनमा ढिलाइ हुने देखिएको छ । फोन पूर्णरूपमा अवरुद्ध भएपछि स्थानीय उपभोक्तालाई खबर आदानप्रदान गर्न समस्या भएको छ । 

 

त्यस्तै कालाजग्रामा रहेको नेपाल टेलिकमको टावरमा पनि चट्याङकै कारण क्षति भएको नेपाल टेलिकम बाजुराका सूचना अधिकारी मनबहादुर रोकायाले जानकारी दिनुभयो । जसका कारण कोल्टी क्षेत्रका नेपाल टेलिकमका सबै सेवा अवरुद्ध भएको रोकायाले बताए । 

 

टावर रहेको क्षेत्रमा अहिले पनि तीन फिट बढी हिँउ जमेका कारण मर्मत गर्न केही दिन लाग्ने अधिकारी रोकायाले बताए । चट्याङकै कारण सिल्पेलेखमा रहेको सुविसु कम्पनीको टावरमा पनि क्षति पुगेको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बार्सिलोनालाई जोआन गाम्पर ट्रफी

  • 28 minutes ago
बार्सिलोनालाई जोआन गाम्पर ट्रफी

जेन्सी । क्याटलान क्लब बार्सिलोनाले आफूले वार्षिक रुपमा आयोजना गर्ने जोआन गाम्पर ट्रफी जितेको छ ।

ला लिगाः गेटाफेद्वारा ओसासुना पराजित

  • 1 hour ago
ला लिगाः गेटाफेद्वारा ओसासुना पराजित

एनेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा गेटाफेले जित निकालेको छ ।

भारतमा कस्तो छ कोरोना भाइरसको पछिल्लो अवस्था ?

  • 1 hour ago
भारतमा कस्तो छ कोरोना भाइरसको पछिल्लो अवस्था ?

एजेन्सी । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।