टेलिकमको नयाँ अफर, सोसल मिडिया प्याकमा विशेष छुट

काठमाडौँ । नेपाल टेलिकमले तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठपर्वका अवसरमा विभिन्न छुट र अफरका साथै नयाँ प्याकेज ल्याएको छ । कम्पनीले फेस्टिभल अफरका रुपमा दशैंको अवसरमा उपलब्ध गराएका केही छुटलाई तिहारको अवसरमा समेत निरन्तरता दिएको छ ।

 

कम्पनीले सात दिनसम्म प्रयोग गर्न सकिने गरी प्रतिदिन सय मिनेट र २८ दिनका लागि प्रतिदिन एक सय मिनेट चलाउन मिल्ने गरी छुट्टाछुट्टै इको भ्वाइस प्याक उपलब्ध गराउने छ । सात दिनका लागि उपलब्ध हुने यो प्याकेजको मूल्य ९५ रुपैयाँ हुनेछ ।

 

साथै २८ दिनका लागि उपलब्ध हुने प्याकेजको मूल्य ३७५ रुपैयाँ राखिएको छ । यी प्याक अन्तर्गत क्रमशः ७०० र २८०० मिनेट भ्वाइस कल गर्न सकिने छ ।

 

यसैगरी भ्वाइस र डेटा दुवै प्याकेजको सुविधा समेत लिन सकिने नयाँ ‘इको डेटा प्याक विथ भ्वाइस’ समेत उपलब्ध गराइएको छ । यस अन्तर्गत प्रतिदिन १४ मिनेट कुराकानी गर्न र प्रतिदिन एक जीबी डेटा प्रयोग गर्न सकिने गरी सात दिनका लागि ९५ रुपैयाँमा जम्मा ९८ मिनेट भ्वाइस कल गर्न र सात जीबी डेटा चलाउन सकिने छ ।

 

साथै ३७५ रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी जम्मा ३९२ मिनेट भ्वाइस कल र २८ जीबी डेटा सहितको प्याकेज उपलब्ध हुनेछ ।

 

सोसल मिडिया प्याकमा विशेष छुट

ग्राहकको सहजताका लागि सबै किसिमका डेटाका साथै फेसबुक र युट्युव चलाउन मिल्नेगरी लार्ज सोसल मिडिया प्याकमा छुट उपलब्ध हुनेछ । जसअन्तर्गत १८० रुपैयाँमा सात दिनका लागि अल डेटा चार जीबी र प्रत्येक दिन एक जीबी फेसबुक तथा युट्युव चलाउन मिल्नेगरी सात जीबी सहित कुल ११ जीबी डेटा प्राप्त गर्न सकिनेछ ।

 

यसैगरी ५९९ रुपैयाँमा अल डेटा १० जीबी र २८ दिनसम्म प्रत्येक दिन १ जीबी गरी फेसबुक तथा युट्युव चलाउन मिल्नेगरी २८ जीबीसहित जम्मा ३८ जीबी डेटा प्राप्त गर्न सकिनेछ । यसरी उपलब्ध डेटामध्ये अल डेटाबाट २४सै घण्टा जुनसुकै एप चलाउन र प्रत्येक दिन प्राप्त हुने एक जीबी डेटामा युट्युव र फेसबुक चलाउन सकिनेछ ।

 

युट्युव र फेसबुकसम्बन्धी सबै डेटा जुनुसुकै समयमा तथा जुनसुकै नेटवर्कमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

 

पोस्टपेडमा नयाँ प्याक

कम्पनीले यस अघिदेखि नै उपलब्ध गराइरहेको पोस्टपेड प्याकमा ५९९ रुपैयाँको नयाँ पोस्टपेड (प्राइम) प्याक थप गरिएको छ । यसैगरी ७४९ को प्याकमा डेटा भोलुम परिमार्जन गरिएको छ ।

 

अब ५९९ रुपैयाँमा ३० दिनसम्म चलाउन मिल्नेगरी प्याक लिन सकिने छ । उक्त प्याक प्रयोग गरी चार सय मिनेट कम्पनीकै नेटवर्कमा र ५० मिनेट अन्य नेटवर्कमा समेत कल गर्न सकिने सुविधा प्राप्त हुनेछ । साथै सो प्याकबाटै ६ जीबी डेटा चलाउन र दुई सय वटा एसएमएस पठाउन सकिने छ ।

 

यसैगरी ७४९ रुपैयाँमा ३० दिनसम्म चलाउन मिल्ने पोस्टपेड ९प्रिमियम० प्याक लिन सकिने छ । यसबाट कम्पनीकै नेटवर्कमा आठ सय मिनेट र ७५ मिनेट अन्य नेटवर्कमा कल गर्न सकिने छ । त्यसैगरी आठ जीबी डेटा भोल्युम चलाउन र ५०० वटा एसएमएस गर्न सकिने छ ।

 

यी अफरहरु काग तिहारदेखि मंसिर ५ सम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपा सचिवालय बैठकः आँधीअघिको सन्नाटा !

  • 1 hour ago
नेकपा सचिवालय बैठकः आँधीअघिको सन्नाटा !

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोली शनिबार बस्दैछ । तर, पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंसिर ३ गते बसेको सचिवालय बैठकपछि भे

चितवनको माडीमा बिओपी स्थापना

  • 1 hour ago
चितवनको माडीमा बिओपी स्थापना

चितवन । माडी नगरपालिकामा छैटौँ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । माडी –६ कल्याणपुरमा छैटौँ पोष्ट स्थापना गरिएको हो ।

महेन्द्रनगरमा युवक मृतावस्थामा फेला

  • 1 hour ago
महेन्द्रनगरमा युवक मृतावस्थामा फेला

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिए । मृतकका शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।