नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा मह जोडी
- बुधबार, २९ मंसिर, २०७८
- 8 months ago
- प्रबिधि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को ‘ब्राण्ड एम्बेस्डर’मा लोकप्रिय हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त भएका छन्। नेपाल टेलिकम केन्द्रीय कार्यालयमा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, कलाकारद्वय श्रेष्ठ र आचार्य तथा कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा कम्पनीका प्रवन्ध निर्देशक अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई टेलिकमको ‘ब्राण्ड एम्बेस्डर’ नियुक्त गर्न पाउँदा खुशी लागेको बताएका छन्। उनले कम्पनीका विभिन्न सेवा सुविधाका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन मह जोडिको भूमिका सहयोगी हुने विश्वास व्यक्त गरेका छन्।
कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको र मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमजस्तो संस्थाको ‘ब्राण्ड एम्बेस्डर’ हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको प्रतिक्रिया दिएका छन्। सम्झौतापछि उनीहरुले नेपाल टेलिकमका सेवाको प्रचारात्मक कार्य, ब्राण्ड प्रवद्र्धन तथा ब्राण्ड संरक्षणसम्बन्धी कार्य गर्नेछन्। हाल एक वर्षका लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली
- 2 hours ago

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत
- 2 hours ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!
- 4 hours ago

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।