नुहाउनु अघि कपालमा तेल किन लगाउने ?

–कपालमा तेल लगाउँदा टाउकोको मसाज पनि हुन्छ । मसाज गर्दा टाउकोमा रहेका छिद्र खुल्ने, टाउकामा रक्तसञ्चार तीव्र हुने गर्छ । रक्तसञ्चार तीव्र हुँदा कपाल बलियो हुने र कपालको जरामा जम्मा भएका टक्सिन, अक्सिडेन्टजस्ता विकार बाहिर निस्कन्छन् । यसले कपाललाई चम्किलो, बलियो र स्वस्थ बनाउँछ ।

 

–नुहाउनुअघि नरिवल, जैतुन, तोरी, अमला आदिका तेल लगाउने गर्नाले नुहाउँदाखेरि कपाल कम झर्छ । तोरीको तेलमा ताजा अमलाको रस मिसाएर नुहाउनुभन्दा आधा घण्टाजति अघि कपालमा लगाउनाले नुहाएपछि कपाल चम्किलो हुनुका साथै नुहाइञ्जेल कम कपाल झर्छ ।

 

–कपालमा लगाउने तेल किन्दा बास्नादार तेल भरिसक्के छान्नु हुँदैन । बजारमा पाइने बास्नादार तेलमा अनेक थरी केमिकल मिसाइएका हुन्छन् । तिनले कपाललाई कमजोर बनाउँछन् । नरिवल, जैतुन, बदाम, तोरी, अमला आदिको तेल कपालका लागि उत्तम मानिन्छन् ।

 

–तेल लगाउनाले कपाल चम्किलो र बलियो हुन्छ । तेल नलगाएको कपाल टुक्रिने, झर्ने आदि हुन्छ ।

 

–तेलमा पाइने पोषक तत्वले कपाललाई जरैदेखि बलियो बनाउँछ । उदाहरणका लागि अमलाको तेलमा पाइने भिटामिन सीले कपाललाई बलियो बनाउँछ ।

 

– कपाल नुहाउनु अघि जहिल्यै पनि १ वा २ घण्टा अघि तेल लगाएर मसाज गर्नुपर्छ ।


थप समाचार

बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

  • 3 hours ago
बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जना

नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

  • 3 hours ago
नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । अंगरक्षक नै कोरोना संक्रमित भएपछि पौडेल आजदेखि आइसोलेसनमा बसेका छन्

नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

  • 3 hours ago
नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

काठमाडौं । सिंहदरवारमा पत्रकार सम्मेलन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।