यसरी साम्य भयो ॐ अस्पतालको तनाव

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • सोमबार, २ आषाढ, २०७६
  • 3 years ago
  • नेपाल

काठमाडौँ । ॐ अस्पतालमा उपचारका क्रममा चार दिनअघि मृत्यु भएकी रामप्यारी थापाको उपचारमा लापरवाहि भएको भन्दै परिवार तथा आफन्तजनले गरेको प्रदर्शन अन्त्य भएको छ ।

 

आइतबार अपरान्ह अस्पतालको तर्फबाट मृतकप्रति समवेदना प्रकट गर्दै बिरामी पक्षले अस्पताललाई तिर्न बाँकी रकम मानविय हिसाबले मिनाहा गर्ने सहमति भएसँगै तनाव अन्त्य भएको हो ।

 

ॐ अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की, मृतकका आफन्त मोहन थापा तथा गौशाला प्रहरीको रोहबरमा बसी प्रहरी कार्यालयमा सहमति भएको थियो ।

 

सहमतिपछि आफन्तले रामप्यारी थापाको शव बुझेका र रामप्यारीको हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा हिजो नै अन्त्येष्टि गरिएको रामप्यारीका बैनी ज्वाइँ खड्ग श्रेष्ठले जानकारी दिएका छन् । 

 

पीडित पक्षले अस्पताल परिसरमा ४ दिनदेखि धर्ना दिँदा अस्पतालमा उपचाररत अरु बिरामीलाई समेत असर परेको भन्दै आइतबार प्रहरीले अस्पतालबाट लाश उठाएपछि धर्नामा बस्नेहरु तितरबितर भएका थिए ।

 

वडा कार्यालयले वार्ता अस्पतालमा नगरी प्रहरी प्रशासनमा गर्न दुवै पक्षलाई सहजीकरण गरेपछि वार्ता सफल भएको ॐ अस्पतालले जनाएको छ ।

 

सिन्धुपाल्चोक इन्द्रावती–१० की ५० वर्षीया रामप्यारी थापाको ॐ अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा गत बिहीबार मृत्यु भएको थियो ।

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • 9 hours ago
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

घरायसी बिवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्र

युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

  • 9 hours ago
युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गरेका छन् ।

चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

  • 10 hours ago
चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको आजको बैठकले गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्रगतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न



पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।