ओएसआरले किन्यो ‘छक्का पन्जा ४’को डिजिटल राइट
- बुधबार, ७ मंसिर, २०७९
- 2 months ago
- कला र मनोरञ्जन

काठमाडौँ। निर्माण सम्पन्न भएर प्रदर्शनको लागि तयार चलचित्र ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले खरिद गरेको छ।
ओएसआर डिजिटल र दीपक राज गिरिबीच केहि दिन अघि मात्र कागजी सम्झौता भएको छ। ओएसआरका संचालक ओम प्रकाश अग्रवालका अनुसार ‘छक्का पञ्जा ४’ को ब्रान्ड भ्यालु अनुसार राम्रै मूल्यमा डिजिटल राइट ओएसआर डिजिटलले लिएको हो।
आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘छक्का पञ्जा–४’लाई हेमराज बिसीले निर्देशन गरेका हुन्। फागुन १९ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायत कलाकारहरूको अभिनय रहेको छ।
दीपक–दीपा प्रस्तुतकर्ता रहेको फिल्ममा कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन्। फिल्मका छायांकार नरेन्द्र मैनाली हुन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन
- 9 minutes ago

काठमाडौँ । युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू एवं इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित तुर्किए, जेनेजमा (बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका
गण्डकीमा स्वास्थ्य बीमा गर्ने आठ लाख
- 21 minutes ago

गण्डकी । गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । बिमित परिवारको
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति छ प्रतिशत मात्रै
- 36 minutes ago

काठमाडौँ । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।