जमीनको उत्पादकत्व वृद्धिले समृद्धि आउँछ : मन्त्री अर्याल

फाइल फोटो

धनगढी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जमीनको अधिकतम उपयोग गरी उत्पादकत्व वृद्धि गर्न सकिएमा देशमा आर्थिक समृद्धि आउने बताएकी छन् ।

  

आज यहाँ आयोजित मन्त्रालयअन्तर्गत भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयको आर्थिक वर्ष २०७५/७६ को प्रगति समीक्षा गोष्ठीमा उनले भनिन्, “समृद्ध नेपाल निर्माणका लागि भूमि व्यवस्थापन पहिलो सर्त हो ।” 

 

मन्त्री अर्यालले भूमिको व्यवस्थापन गर्दै यससँग जोडिएका निम्नस्तरका जनतालाई सामाजिक न्याय प्रदान गर्नका लागि भूउपयोग ऐनको आठौँ संशोधन गरिएको स्पष्ट पार्दै ऐनको संशोधनमार्फत भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या समाधान हुनेछ भनिन् । 

 

उनले कर्मचारीले कुनै दलको पक्षधर नभएर राष्ट्रवादी र जनताको पक्षधर भएर काम गर्न निर्देशन पनि दिइन् । सुदूरपश्चिम प्रदेशस्तरीय गोष्ठीमा प्रदेशका नौवटै जिल्लाका भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयका प्रमुखको सहभागिता रहेको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोना संक्रमणबाट काभ्रेमा थप एक जनाको मृत्यु

  • 7 minutes ago
कोरोना संक्रमणबाट काभ्रेमा थप एक जनाको मृत्यु

बनेपा । कोरोना भाइरसको सङ्क्रमणबाट काभ्रेमा थप एक जनाको मृत्यु भएको छ ।

कोरोनामुक्त भएपछि समाजले हेर्ने दृष्टिकोण फरक

  • 13 minutes ago
कोरोनामुक्त भएपछि समाजले हेर्ने दृष्टिकोण फरक

सर्लाही । जिल्लामा कोरोना भाइरस जितेर सञ्चो भई घर फर्किएका व्यक्तिलाई उपचारपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक पाइएको छ ।

क्यानको बोर्ड बैठक चितवनमा बस्ने

  • 29 minutes ago
क्यानको बोर्ड बैठक चितवनमा बस्ने

लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो । बैठकका लागि देशका विभिन्न जिल्लाबाट पदाधिकारी तथा सदस्य चितवन आइसकेका छन् ।



पर्यटन

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

रामपुर । लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः सुशीला रेग्मी, रासस

जीवनशैली

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

एजेन्सी–टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।