फुटेर होइन जुटेर अगाडि बढौँः मन्त्री अर्याल
- बिहीबार, १ माघ, २०७७
- 6 days ago
- राजनीति

स्याङ्जा । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अहिलेको अवस्थामा फुटेर नभई जुटेर अगाडि बढ्न जरुरी रहेको बताएकी छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आयोजनामा बुधबार स्याङ्जाको भिरकोटमा आयोजित कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आन्दोलनमा रहेको प्रचण्ड–नेपाल समूहलाई सडकबाट फर्केर आउन आग्रह गरेकी हुन् ।
“पार्टीले कारवाही गरेको छैन, पार्टी सदस्यताबाट हटाएको छैन, तपाइँहरु जहाँ पुगे पनि फर्केर आउनुहोस्”, मन्त्री अर्यालले भनिन्, “कमरेड प्रचण्ड, पार्टी एक भएमात्रै प्रधानमन्त्री बन्ने सम्भावना रहला, अर्को पार्टी बनाएर प्रधानमन्त्री बन्ने सम्भावना छैन ।” पद र कुर्सीको लोभकै कारण प्रचण्डले पार्टीलाई क्षत्विक्षत र तहस नहस बनाएको मन्त्री अर्यालको आरोप थियो ।
“पार्टी एकताको बाँकी रहेको काम सकौँ र आगामी महाधिवेशनबाट नेतृत्व सुम्पने कुरा भएकै थियो”, उनले भनिन् । नेकपाका अध्यक्ष र महासचिव जुन समूहमा हुनुहुन्छ त्यही नै पार्टी आधिकारिक रहेको र उसैले नै सूर्य चिन्ह प्राप्त गर्ने दाबी मन्त्री अर्यालको थियो ।
“पार्टीको नेतृत्व तहमा देखिएको विवाद तल्लो तहका कार्यकर्तामा देखिनुपर्ने छैन”, उनले भनिन्, “जिल्ला तथा स्थानीय तहमा केही नबुझेर कतै जानुभएको होला उहाँहरुलाई सम्मानसहित फेरी सम्झाइबुझाइ गरेर, यही पार्टीमा फर्काउनुपर्छ, यही पार्टी मूल पार्टी हो, यसैमा सबैको हित छ ।”
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की
- 23 minutes ago

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
- 29 minutes ago
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक
- 32 minutes ago

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।