पाकिस्तानमा भएको आतङ्ककारी आक्रमणको अमेरिकाद्धारा निन्दा
- शनिबार, ८ मंसिर, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

वासिङटन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार आतङ्ककारी आक्रमणहरुको अमेरिकी विदेश मन्त्रालयले कडा शब्दमा निन्दा गरेको छ । शुक्रबारै प्रकाशित एक विज्ञप्तिमा सो मन्त्रालय उक्त जानकारी दिएको हो ।
अमेरिकी विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तिमा यस आक्रमणहरुका मारिएका व्यक्तिहरुको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको र घाइते भएका व्यक्तिका सिघ्र स्वास्थ्य लाभको पनि कामना गरिएको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तरकारी राखेको कार्टुनमा लुकाइएको बम विस्फोटन हुँदा शुक्रबार कम्तीमा ३० जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौको सङ्ख्यामा घाइते भएका थिए ।
पाकिस्तानको ओराक्जाई र कराँचीमा शुक्रबार भएको आतङ्ककारी आक्रमणहरुको अमेरिकी विदेश मन्त्रालयले कडा शब्दमा निन्दा गरेको प्रवक्ता हैदर नरेजले बताएका छन् ।
पाकिस्तानको बन्दरगाह शहर कराँचीमा रहेको चिनियाँ वाणिज्य दूतावासमा शुक्रबार अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी कम्ती दुई प्रहरीको मृत्यु भएको थियो । कराँचीको चिनियाँ वाणिज्य दूतावासमा भएको हमलाको चीनले कडा शब्दमा निन्दा गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन
- 2 hours ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '
- 2 hours ago

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'
- 2 hours ago

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।