पाकिस्तानी दूतावासमा भएको हमलाको निन्दा
- शनिबार, १७ मंसिर, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । तालिबानको कामचलाउ सरकारले यहाँस्थित पाकिस्तानी दूतावासमा भएको आतङ्कारी आक्रमणको निन्दा गर्दै देशमा रहेका कूटनीतिक नियोगहरूलाई सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
“अफगानिस्तानको इस्लामिक इमिरेट्स पाकिस्तानी दूतावासमा भएको असफल आक्रमणको कडा शब्दमा निन्दा गर्दछ, काबुलमा रहेका कूटनीतिक नियोगको सुरक्षामा कुनै कमी हुन दिने छैन,” तालिवान प्रशासनको विदेश मन्त्रालयका प्रवक्ता अब्दुल काहर बल्खीले भनेका छन् । पाकिस्तानी दूतावासमा शुक्रबार अज्ञात बन्दुकधारीले आक्रमण गरेको थियो । आक्रमणमा त्यहाँ खटिएका एक जना सुरक्षाकर्मी घाइते भएका छन् ।
काबुल प्रहरीका प्रवक्ता खालिद जाद्रानले आक्रमणको पुष्टि गर्दै सुरक्षा बलका सदस्य समयमै आक्रमणस्थलमा पुगेका तथा त्यहाँबाट दुई थान बन्दुकका सार्थ एक जना संदिग्धलाई पक्राउ गरिएको बताएका छन् । हालसम्म कुनै समूह वा व्यक्तिले आक्रमणको जिम्मेवारी लिएको छैन । आक्रमणको अनुसन्धान सुरु गरिएको प्रवक्ताले जनाएका छन् ।
काबुलस्थित कूटनीतिक नियोगमा विगत चार महिनामा भएको यो दोस्रो आक्रमण हो । यसअघि रुसी दूतावासको प्रवेशद्वारमा भएको आत्मघाती बम आक्रमणमा दूतावासका दुई कर्मचारीसहित छ जना मारिएका थिए । शुक्रबार पाकिस्तानी दूतावासमा भएको आक्रमणको स्वदेश तथा विदेशमा व्यापक निन्दा भएको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यलगायत विश्वका विभिन्न मुलुकले आक्रमणको निन्दा गर्दै अफगानिस्तानमा रहेको कूटनीतिक नियोगहरूको सुरक्षा सुनिश्चित गर्न तालिबान प्रशासनसँग आग्रह गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 10 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 11 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।